citizens life insurance long ad
stcnepal long ad

नाडा अब महासंघमा रुपान्तरण हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अब महासंघमा रुपान्तरण हुने भएको छ ।

हालै सम्पन्न नाडा अटो शो २०२५ को सन्दर्भमा समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको नाडाले जनाएको छ।

सांगठनिक सोच राखेर २०३२ सालको असोज १० गते स्व.तोलाराम दुगडको अध्यक्षतामा संस्था स्थापना भएको थियो। २०३२ फागुन ६ गते ‘नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन’को नाममा उक्त संस्था काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भयो।

जुन संस्था हाल आएर व्यवसायिक हकहितको आवाज उठाउने बलियो संस्थाको रुपमा विकसित भइसकेको छ। त्यतिमात्र होइन हाल नाडा राजस्वमा ठूलो योगदान पुर्‍याउने संस्थाका रुपमासमेत स्थापित भइसकेको छ। नाडा नेपाल उद्योग वाणिज्य महासंघको शक्तिशाली वस्तुगत संस्थासमेत हो।

२०३४ सालमा संघसंस्था दर्ता ऐन लागु भएपछि नाडा पनि त्यही अन्तर्गत दर्ता भयो। काठमाडौंबाट सुरु भएको नाडाले यी चार दशकमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाइसकेको छ। यसबीच नाडाले देशको संघीय संरचनाअनुसार नै आफ्नो क्षेत्र ७ वटै प्रदेशमा विस्तार गरिसकेको छ।

IME Life
kumari