stcnepal long ad
ime life insurance
global ime bank long

आज जेठ ६ गतेबाट विकास हाइड्रोपावर कम्पनीले पहिलो चरणको आइपीओ जारी गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आज जेठ ६ गतेबाट विकास हाइड्रोपावर कम्पनीले पहिलो चरणको आइपीओ जारी गर्ने भएको छ। हाइड्रोपावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डबाट विकास हाइड्रोपावरले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको छ।

हाइड्रोपावर कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता शेयर बिक्री खुला गर्नेछ।

आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये अति प्रभावित क्षेत्र गोरखाको धार्चे गाउँपालिका वडा नं. ४ र ५ बासिन्दालाई ४० प्रतिशत र प्रभावित क्षेत्रका धार्चे वडा नं. १, २, ३, ६ र ६ का बासिन्दालाई ६० प्रतिशत छुट्याइएको छ।

स्थानीयले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन मार्फत र धार्चेस्थित हिमालयन बैंकको शाखा तथा आरुघाटस्थित प्रभु बैंकको शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।विकास हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

स्थानीयले यो आइपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिभित्र स्थानीय छुट्याइएको सम्पूर्ण शेयर बिक्री नभएको खण्डमा निष्कासन अवधि असार ४ गतेसम्म थपिन सक्छ।त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीले भने जेठ २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari