sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सुनील पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । पौडेलसहित सहायक निर्देशक रमेशप्रसाद पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

त्यसै गरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेन विरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५/०७६ मा खरिद गरिएका मुख्य उपकरणको प्रविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको उजुरीका सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी(जीएनसीबी–६–०७५–०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपियाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेसनलले ०७६ असार ४ गते पेस गरेको बिल अनुसार केन्द्रबाट ‘ट्रेनिङ एन्ड वान टाइम इन्स्टलेसन एन्ड कन्फिगरेसन एट जीआईडीसी एन्ड डीआरसी’ शीर्षकको भ्याट बाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपियाँ भुक्तानी लिएको उल्लेख छ ।

आरोपितहरूमाथि जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

prabhu bank
nawakantipur long