stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हमासले रिहा गर्न लागेका थप तीन जनाको नाम सार्वजनिक, विपिन जोशी परेनन्

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

हमास लडाकू समूहले रिहा गर्न लागेका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार आज रिहा हुनहरुमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटकको सूचीमा पनि हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी परेनन् । पछिल्लो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीकाबीच हमासले हिजो तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायलको चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।

यसअघि, हमासले इजरायलले युद्धविरामको उल्लङ्घन गरेको आरोपसहित बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्तावसमेत गर्नुभएको थियो । गाजामा १५ महिनादेखिको युद्ध अन्त्यका लागि गएको जनवरी १९ तारिखमा युद्धविराम सम्झौता लागू भएको थियो ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले आफूहरु युद्धविरामको कार्यान्वयन गर्न र यसलाई पूर्ण रूपमा पालना गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

prabhu mahalaxmi
kumari