citizens life insurance long ad
stcnepal long ad

रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले आइतबार नेसन्स लिगमा स्कटल्यान्डलाई २–१ ले हराएको छ । स्कटल्यान्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो ।

त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए । रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल रह्यो । स्कटल्यान्ड पछिल्ला आठ खेलमा जितविहीन रहेको छ ।

यस्तै स्पेनले फाबिन रुइजको दुई गोलमा स्विजरल्यान्डलाई ४–१ ले पराजित गर्‍यो । आइतबारका अन्य खेलमा क्रोएसियाले पोचल्यान्डलाई १–० र स्विडेनले इस्टोनियालाई ३–० हराए ।

 

IME Life
kumari