श्रम काउन्सिलर र श्रम सहचारीका लागि आवेदन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन जना श्रम काउन्सिलर र चार श्रम सहचारी गरी सात पदमा आवेदन खुलाएको छ ।
रिक्त हुन लागेको काउन्सिलर र सहचारी पदमा कर्मचारी छनोट तथा नियुक्ति गर्नुपर्ने भएकाले आवेदन खुलाइएको श्रम मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूतावास दक्षिण कोरिया, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, साउदी अरब, मलेसिया र ओमानमा श्रम सहचारी र काउन्सिलर माग गरेको हो ।
श्रम मन्त्रालयले सूचना सार्वजनिक गरेको मितिले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने उल्लेख गरिएको छ । यो सूचना यही साता मङ्गलबार सार्वजनिक गरेको हो ।
श्रम काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सबन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार तोकिए बमोजिमको योग्यता पुगेका इच्छुक कर्मचारीले ३५ दिनभित्र व्यक्तिगत विवरण पेस गर्न सूचनामा उल्लेख छ ।