stcnepal long ad
global ime bank long

डेनमार्कका प्रधानमन्त्रीमाथि कोपेनहेगनको बीच सडकमै आक्रमण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसन माथि कोपेनहेगनको बीच सडकमै आक्रमण भएको छ । सडकको बीचमा रहेको स्क्वायरमा हिंडिरहेका बेल एक मानिसले उहाँ नजिक गएर हिर्काएको बताइएको छ ।

प्रधानमन्त्री माथि आक्रमण गर्ने व्यक्ति अहिले पक्राउ परिसकेका छन् । घटनाबाट प्रधानमन्त्री स्तब्ध र अचम्भित हुनुभएको छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले यो घटनालाई निन्दनीय कार्य भन्दै विरोध जनाउनु भएको छ ।

डेनमार्कको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री माथि आक्रमण भएको र आक्रमणकारी पक्राउ परेको जानकारी दिएको छ । घटनाका विषयमा विज्ञप्तिमा विस्तृत जानकारी भने दिइएको छैन ।

प्रहरीले आक्रमणकारीका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर आक्रमणकारी र आक्रमणको कारणका विषयमा केही खुलाएको छैन । आक्रमण डेनमार्कमा युरोपेली संघको निर्वाचन हुन दुई दिन अघि भएको हो ।

IME Lifesidebar
kumari