stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल इन्स्योरेन्सको मुनाफा दोब्बरले वृद्धि

वृद्धि अधिकांश सूचाङ्कमा उल्लेख्य प्रगती

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्स्योेरेन्सको मुनाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३० करोड ५४ लाख रुपैयाँबाट बढेर ६१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

जुन नाफा गत आर्थिक वर्षको सोहि तुलनामा १०१.१३ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको ब्यवसाय समेत ८।३३ प्रतिशतले बढेर १ अर्ब १९ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब १० करोड ३ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनामा ४९ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ४९ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।

यता, कम्पनीको बीमा कोष भने केहि घट्न पुगेको छ । यस अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ७२ करोड ९२ लाख रुपैयाँबाट घटेर १ अर्ब ५५ करोड २० लाख रुपैयाँ पुगेको तथ्याङमा उल्लेख गरीएको छ ।

यसअवधिमा कम्पनीले बीमा पोलिसि संख्या समेत १ लाख ३८ हजारबाट बढाएर १ लाख ५९ हजार पुराएको छ ।

चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५.५६ रुपैयाँबाट बढेर ४९ रुपैयाँ ८२ पैसा र प्रति शेयर नेटवर्थ २१० रुपैयाँ ३३ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari