हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण हिमालयन एभरेष्ट इन्स्योरेन्सले सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नाफामा वृद्धि भएको देखिएको छ ।
तथ्याङ्क अनुसार कम्पनीको मुनाफा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६२।९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २३ करोड ७ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षकोे चैत मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन २४.८ प्रतिशतले बढेर २ अर्ब १६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय १ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको ९ महिनामा कम्पनीकोे खुद बीमा शुल्क ६६ करोड ४३ लाख रुपैयाँबाट बढेर ८३ करोड ६४ लाख रुपैयाँ पुगेको हो ।
यता, कम्पनीको बीमा कोष भने १०.९ प्रतिशतले घटेर ३ अर्ब ७३ करोड २१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी १३.७४ रुपैयाँबाट बढेर ३२.३५ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीले यस अवधिमा बीमा पोलिसि १ लाख ५५ हजार ६१३ जारी गरेको छ ।