stcnepal long ad
global ime bank long

युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउँदै जर्मनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फ्राङ्कफर्ट। जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत गर्न युक्रेनमा थप ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने शनिवार बताएको छ ।

‘युक्रेनी शहरहरू र मुलुकको पूर्वाधारविरुद्धको रुसी आतङ्कले असह्य पीडा निम्त्याइरहेको छ,’ जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले उक्त कदमको घोषणा गर्दै भने, ‘यसले जनताको ऊर्जा आपूर्तिलाई खतरा पुर्याइरहेको छ र युक्रेनी सशस्त्र बलहरूको परिचालन तयारीलाई नष्ट गरिरहेको छ ।’

जर्मनीले युक्रेनलाई आपूर्ति गरेको यो तेस्रो प्याट्रियट सिस्टम हुनेछ । रक्षा मन्त्रालयले युक्रेनी सरकारको अनुरोध र सहयोगीहरूँगको समन्वयमा यस्तो निर्णय लिइएको बताएको छ ।

जर्मन चान्सलर ओलाफ सोल्सले शनिवार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फोनवार्तामा ‘ठूलो मात्रामा र विशेषगरी नागरिक ऊर्जा पूर्वाधारमा जारी रुसी हवाई हमलाको सामना गर्दै युक्रेनसँग आफ्नो अटुट ऐक्यबद्धता’ को पुष्टि गर्नुभएको जर्मन सरकारका एक प्रवक्ताले बताएका छन् ।

जर्मनीले नयाँ प्याट्रियट सिस्टमको डेलिभरीमाथि छलफल गर्नुका साथै सोल्स र जेलेन्स्की युक्रेनको हवाई रक्षाको प्रवर्द्धन गर्नका लागि ‘साझेदारहरूबाट थप प्रयासहरू पनि आवश्यकता छ’ भन्ने कुरामा सहमत भएको प्रवक्ताले बताए ।

विदेशी सहयोगको कमीका साथै पुरुष र गोलाबारुदको अभावका कारण मस्कोको सेनाविरुद्ध युद्ध मैदानमा किएभले सङ्घर्ष गरिरहेको बेला जर्मनीको यस्तो घोषणा आएको हो ।

रुसले युक्रेनमाथि हवाई हमला बढाइरहेको छ । बिहीवार मस्कोले युक्रेनको ऊर्जा संयन्त्रहरूमा हमला गरेर किएभ क्षेत्रमा एउटा विद्युत् स्टेसनलाई नष्ट गरेको थियो ।

सन् २०२२ मा युक्रेनमा युद्ध शुरू भएपछि जर्मनीले परम्परागतरूमा शान्तिवादी अडान त्यागेको छ र अमेरिकापछि युक्रेनलाई सैन्य सहायताका लागि दोस्रो सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । य

द्यपि अमेरिकी कांग्रेसमा राजनीतिक खिचातानीका कारण किएभका लागि अमेरिकी सहायताको महत्त्वपूर्ण प्याकेज रोकिएको छ ।

प्याट्रियटका साथै बर्लिनले तोपखानादेखि लिएर बख्तरबन्द लडाकू सवारीसम्म अन्य हतियारको एउटा विस्तृत शृङ्खला आपूर्ति गरेको छ ।

रक्षा मन्त्रालयका अनुसार जर्मन सैन्य भण्डारबाट नयाँ प्याट्रियट सिस्टम हस्तान्तरण तुरुन्त शुरू हुनेछ । जर्मनीले युक्रेनलाई अर्बौं युरोको सैन्य आपूर्ति गरे पनि लामो दूरीको टोरस मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन अस्वीकार गरेका कारण हालैका महिनामा चान्सलर सोल्स आलोचनामा परेका  छन् । ती मिसाइलहरूको  रुसभित्र  गहन  लक्ष्यमा  प्रहार गर्न  प्रयोग हुनसक्ने जर्मनीलाई डर छ ।

IME Lifesidebar
kumari