stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुटिन पाँचौपटक रुसको राष्ट्रपति निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भ्लामिदिर पुटिन पाँचौपटक रुसी राष्ट्रपति निर्वाचित भएका छन्। तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन्।

राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए।

उनले रुसी लोकतन्त्र अमेरिका लगायत पश्चिमा देशहरुको भन्दा उन्नत रहेको समेत दाबी गरे। त्यहाँको निर्वाचन एजेन्सीले पुटिनको पक्षमा ८७ प्रतिशतभन्दा बढी मत खसेको बताएको छ। साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो ।

आफ्ना प्रमुख विरोधी एलेक्सी नाभाल्नीको जेलमै रहस्यमय मृत्यु भएको एक महिनापछि पुटिनले देशमा निर्वाचन गराएका हुन्। मतदानकै क्रममा नाभाल्नीका समर्थकले विभिन्न ठाउँमा सांकेतिक विरोध गरेका थिए ।

निर्वाचनमा पुटिन बाहेक अरु तीन कमजोर उम्मेदवार उठाइएको थियो । उनीहरु क्रेमलिनको  अनुकल रहेको र डमी उम्मेदवारका रूपमा रहेको रुसका विपक्षीको आरोप छ ।

जर्मनीले दमन र हिंसामा निर्भर शासकले छद्म चुनाव गराएको भन्दै आलोचना गरेको छ । बेलायतका विदेशमन्त्री लर्ड क्यामरुनले युक्रेनी क्षेत्रमा अवैध चुनाव गराएको भन्दै निन्दा गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहले एक अर्को चुनावी नाटक रचेको भन्दै आलोचना गरेका छन्। निर्वाचनका क्रममा स्वतन्त्र रुपमा निगरानी गर्ने समूहका ८० जनाभन्दा बढी सदस्य गिरफ्तार भएका थिए।

IME Lifesidebar
kumari