stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी सेमिनार सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रिय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न गरेको छ ।

उक्त कार्यगोष्ठी/सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो ।

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

साथै मिति २०८० पौष २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 

IME Lifesidebar
kumari