stcnepal long ad
ime life insurance
global ime bank long

सिटी र रियल च्याम्पियन्स लिगको अन्तिम ८ मा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

कोपनहेगनलाई पराजित गर्दै म्यानचेस्टर सिटी लगातार सातौं सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

तीन साताअघि कोपेनहेगनमा भएको पहिलो लेगमा दुई गोलले अघि सिटीले समग्रमा ६–२ को जीत निकालेको हो।

खेलको पहिलो नौ मिनेटभित्र म्यानुअल अकान्जी र जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई २–०को आग्रता दिलाएका थिए ।

कोपन हेगनका लागि २९औँ मिनेटमा मोहमद एल्युनोसीले एक गोल फर्काए पनि पहिलो हाफको अतिरिक्त समयमा एर्लिङ हालान्डले गोल गर्दै खेल ३(१ को अवस्थामा ल्याएका थिए ।

सन् १९९६–९७ देखि २००२–०३ सम्म म्यानचेस्टर युनाइटेड लगातार सात सिजनमा अन्तिम आठमा पुगेको एक मात्र इङ्लिस क्लब हो।

गएराति नै भएको अर्को खेलमा आरबी लाइपजिगलाई २–१ गोलअन्तरले पराजित गर्दै रियल मड्रिड पनि लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

prabhu mahalaxmi
kumari