stcnepal long ad
ime life insurance
national life
global ime bank long

घरेलु उपकरणमा एआईको प्रयोगपछि एलजीले पायो आईएसओ प्रमाणीकरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए)बाट एआई प्रबन्धन प्रणाली (एआईएमएस) सर्टिफिकेसन प्राप्त गरेको छ ।

एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तरिकाले एआई व्यवस्थापन एवं डेटा सुरक्षालाई प्राथमिकता दिएको भन्दै कम्पनीले सर्टिफिकेसन प्राप्त गरेको बताएको छ ।

एलजीले (आईएसओरआईसीई ४२००१) प्राप्त गर्नुलाई एक महत्त्वपूर्ण माइलस्टोन भनेको छ । यस प्रमाणीकरण मार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मक स्थितिलाई बलियो बनाउने लक्ष्य रहेको जनाएको छ ।

एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटेक)बाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सुरक्षा प्रमाणीकरण पनि प्राप्त गरेको जनाएको छ।

एलजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुसनका अध्यक्ष ल्यु जे–चुलले यसले ग्राहकप्रतिको प्रतिबद्धता झल्काएको बताएका छन् ।

IME Lifesidebar
kumari