stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः शुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइल बिक्रीलाई स्वीकृति दिएको छ । यससँगै साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताए ।

जर्मन साप्ताहिक स्पिगलले साउदी अरबलाई एक सय ५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो सङ्केत दिएको उल्लेख थियो । उनले स्पिगलको प्रतिवेदनलाई पुष्टि गरे ।

‘प्रतिवेदनका विवरण सही छन्,’ नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भने, ‘नयाँ स्वीकृत आइरिस–टी मिसाइलहरू हवाई लक्ष्य अर्थात मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ ।’

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलहरूको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो ।

इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो ।

यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतियार निर्यातमा आफ्नो अडानलाई कम गरेको छ । जर्मन सरकाले इजराइल–हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ ।

साउदी अरबले हमाससँग युद्धको प्रारम्भपछि इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउने योजना नछाडेको विदेशमन्त्री एनालेना बेयरबकले आइतबार बताएका थिए ।

रियादले यमनमा इरान समर्थित हुथी विद्रोहीद्वारा इजराइलमाथि प्रहार गरेको मिसाइलहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो ।

बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो । रासस

prabhu mahalaxmi
kumari