stcnepal long ad
ime life insurance
national life
global ime bank long

२०२५ मा द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजनाको मृत्युस् राष्ट्रसंघ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमा बालबालिका, तथा आम नागरिकले घर, कार्यस्थल, विद्यालय, सडकलगायत क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु वरण गरेको उल्लेख गरिएको छ।

विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारले मानविय जीवन मात्र नभई पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पतालजस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषद्‌लाई जानकारी दिएका छन्।

उनले आक्रमणको निसानामा नागरिक नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताएका छन्।संयुक्त राष्ट्रसंघले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वमा चिकित्सा सेवामा १ हजार ३५० भन्दा बढी आक्रमण भएको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी संकटलाई पनि औँल्याउँदै करिब १४ करोड ७० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन्।

पछिल्लो समय अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटना पुष्टि भएको उल्लेख गर्दै खाना अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षको शत्रुताका कारण मानवीय सहायता वितरणमा अवरोध सिर्जना गर्नाले यस्तो अवस्था आएको उनको भनाइ छ।

IME Lifesidebar
kumari