stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकामा नयाँ नियम: अब ग्रीन कार्ड पाउन अमेरिका बाहिरबाटै आवेदन दिनुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकाले आफ्नो आप्रवासन नीतिमा फेरबदल गर्दै अब धेरैजसो ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) आवेदकहरूले अनिवार्य रूपमा अमेरिका छोडेर आफ्नै देशबाट आवेदन दिनुपर्ने नियम ल्याएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले शुक्रबार घोषणा गरेको यो नयाँ नीति अनुसार, अब ‘असाधारण परिस्थिति’ बाहेक अन्य अवस्थामा अमेरिकाभित्रै बसेर स्टेटस परिवर्तन गरी ग्रीन कार्ड प्राप्त गर्न पाइने छैन। उम्मेदवारहरूले आफ्नो देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत ‘कन्सुलर प्रोसेसिङ’ पूरा गर्नुपर्नेछ।

ट्रम्प प्रशासनको यो कदमलाई अवैध आप्रवासन नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको छ। यसअघि पर्यटक, विद्यार्थी वा अस्थायी कामदार भिसामा अमेरिका पुगेका व्यक्तिहरूले त्यहीँ बसेर ग्रीन कार्डका लागि आवेदन दिन पाउने कानुनी छिद्र प्रयोग गर्दै आएका थिए।

USCIS का प्रवक्ता ज्याक कालहलरले भनेका छन्, “अबदेखि अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने विदेशीहरूले असाधारण परिस्थिति बाहेक आफ्नै देश फर्केर आवेदन दिनुपर्नेछ। भिसामा घुम्न आउनुलाई ग्रीन कार्ड लिने पहिलो खुड्किलो बनाइनु हुँदैन।”

यो नीतिको अधिकारकर्मी र विज्ञहरूले कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार लामो समयदेखि चल्दै आएको व्यवस्थाले आवेदन प्रक्रियाको क्रममा परिवारहरूलाई सँगै बस्न मद्दत गरिरहेको थियो। नयाँ नियमले लाखौं परिवार र रोजगारदाताहरूमा अनिश्चितता पैदा गर्ने उनीहरूको तर्क छ।

आप्रवासन विज्ञ माइकल भाल्भर्डेले बीबीसीसँग कुरा गर्दै भने, “यो कदमले कानुनी रूपमा अमेरिका आउन चाहनेहरूलाई ठूलो बाधा पुर्‍याउनेछ। नियम पालना गरिरहेका व्यक्तिहरूले पनि अब ठूलो अनिश्चितताको सामना गर्नुपर्नेछ।”

IME Lifesidebar
kumari