stcnepal long ad
ime life insurance
global ime bank long

इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्त्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनुभएको छ । प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ ।

ट्रम्पले यसबारे थप विवरण भने खुलाउनुभएको छैन । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघायी हमानेहले पनि अमेरिकी र इरानबीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढेको बताउनु भएको छ ।

तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको आरोप इरानले आरोप लगाइरहेको छ । बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, युएई, कतारसहित अन्य खाडी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनुभएको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए । अप्रिलको शुरुवातमा युद्ध विराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ । यसको मध्यस्थता पाकिस्तानले गरिरहेको छ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नुभएको छ ।

दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो क्षति भइसकेको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ । इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ । युद्ध अन्त्य नभए विश्वव्यापी आर्थिक मन्दीको जोखिम बढ्ने विश्लेषण भइरहेको छ ।

prabhu mahalaxmi
kumari