citizens life insurance long ad
stcnepal long ad

हकप्रद शेयरको तयारीमा रहेको एनएलजी इन्स्योरेन्सले पायो अब्बल रेटिङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सलाई इक्रा एनपि आइआर ए माइन रेटिङ प्रदान गरेको छ । कम्पनी वित्तीय विश्लेषण, बजार हिस्सा र भावी अवस्थालाई मूल्या‌ंकन गरेर इक्रा नेपालले एनएलजीलाई यस्तो रेटिङ प्रदान गरेको हो ।

इक्रा नेपालका अनुसार यस्तो रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागी पर्याप्त मात्रामा सुरक्षाको स‌ंकेत गर्छ। यस्तो रेटिङ प्राप्त शेयर जारीकर्ता स‌ंस्थालाई दिइएको ऋण डुब्ने जोखिम तुलनात्मकरूपमा थोरै हुन्छ।

एनएलजीले गत आवमा निर्जीवन बीमकले आर्जन गरेको कूल बीमाशुल्कको ८ प्रतिशत हिस्सा ओगटेको थियो । एनएलजी इन्स्योरेन्समा जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत शेयर लगानी रहेको छ।

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई सकेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि गत कात्तिक २ गते बोर्डमा निवेदन दिएको हो । शेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशनप श्चात चुक्ता पूँजी २ अर्ब ४२ करोड भन्दा बढी हुनेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागी हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

IME Life
kumari