citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफले ल्यायो टिकटक प्रतियोगिता, प्रथम् हुनेलाई रु २० हजार नगद पुरस्कार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ‌ । सामाजिक सञ्जाल टिकटकका पारखीहरुलाई लक्षित गर्दै सिटिजन लाइफ इन्स्योरेन्सले तीज टिकटक प्रतियोगिताको घोषणा गरेको छ।

तीजको अवसर पारेर सिटिजन लाइफको गीतमा नाचगान गरेर टिकटक बनाउने प्रतियोगिलाई २० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गर्नेछ ।

ईच्छुक व्यक्तिले सिटिजन लाइफको आधिकारिक टिकटक पेजमा उपलब्ध गीत प्रयोग गरेर टिकटक भिडियो बनाएर पोष्ट गर्नुपर्नेछ।

यसरी पोष्ट गर्दा सिटिजन लाइफ नेपाल ट्याग गर्ने र ‘यसपालीको तीज सिटिजन लाइफसँग’ भन्ने ह्यासट्याग प्रयोग गर्नुपर्ने शर्त रहेको छ।

तीजको समयमा महिला दिदी बहिनीहरुलाई तीजको रमाइलोसँगै जीवन बीमाका लागी समेत सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीज टिकटक प्रतियोगिताको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।

सिटिजन लाइफले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई २० हजार रुपैयाँ, दोश्रो स्थान हासिल गर्ने प्रतियोगिलाई १० हजार र तेश्रो स्थान हासिल गर्ने प्रतियोगीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने घोषणा गरेको छ।

IME Life
kumari