निजी क्षेत्रको सुझाव वेवास्ता गर्दा आर्थिक समस्या– अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको सुझावलाई सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् ।
राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि मुलुकमा यो अवस्था आएको हुन सक्ने उनले बताएका छन । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होईन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला। तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन् अध्यक्ष ढकाले भने।
२०८० भदौ १६ गते शनिबार आर्थिक पत्रकार समाज सेजनको २५ औं वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले निजी क्षेत्रले दिएको सुझावलाई वेवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको दाबी गरेका छन ।
अहिले देशमा राजस्वको कमीले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको छ भन्दै अध्यक्ष ढकालले निजी क्षेत्रले दिएको सुझावलाई वेवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरेका छन। उनले भनेका छन ।
‘अहिले राजस्वको कमीले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बिचमा जुन उचाई भयो, त्यो चाहिं कताकता हामीले दिएको सुझाव वेवास्ता गरेको कारणले हो भन्ने विषय राख्न चाहान्छु ।’
उनले राज्यको निकायहरु बिचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भएता पनि राज्यको तर्फबाट राम्रो नतिजा नआउँने भएकोले सहकार्यको आवश्यकता औलाएका छन ।
अध्यक्ष ढकालले भने ( ‘राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होईन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला। तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन् ।’