stcnepal long ad
ime life insurance
national life
global ime bank long

तरकारी र अन्नबालीमा विषादीको बढदो प्रयोग, मानव स्वास्थ्यमा गम्भीर खतरा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुनै रासायनिक विषादी हालेको ठाउमा झिंगा जादैन उसले चिनेर वरिपरि पनि पर्दैन , गाइबस्तुले विषादीजन्य घासपात सुघेर थाहा पाउछन र खादैनन तर रासायनिक बिषलाई अझै मानिस औसधि भन्ने गर्छन र तरकारी तथा अन्न बालीमा जथाभावी प्रयोग गरि मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै आएका छन्।

नेपालमा आयातित विष मध्ये ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग हुन्छ । यहीँ विषादीको बढी रहेको उपभोगको कारणले नसर्ने रोगको बिस्तारको भयावह रुप देखिदैछ ।

नेपालमा प्रतिबन्धित विषादी २९ वटा रहेका छन् तर प्रत्येक भन्सार कार्यालयमा रहेको भनिने एकीकृत जाँच केन्द्रमा केबल कार्बमेट र अर्गानोफोस्फेट मात्रै जाँच हुन्छ ।

अरु विषादी आएपनि नेपालको जाँच केन्द्रले चिन्दैन। आयातित तरकारी फलफूल खेलौना खानजन्य बस्तुहरु आदिमा अत्याधिक बिषादीको प्रयोग भइरहेको छ दुर्भाग्य यि सबैमा विषादीको परिक्षण नभई उपभोक्तामा पुग्छ ।

नेपालमा बस्तु आयात गर्ने आयातकर्ताहरुले भन्सारले जाँच नहुने हुँदा कार्बामेट र अर्गानोफोस्फेट बाहेक अरु बिषादी हाली पठाउन प्याकेजिग गर्ने स्रोतसँग अनुरोध गरिरहेका हुन्छन् । सर्बोच्च अदालतले उपभोक्ता हित संरक्षण मञ्च विरुद्ध प्रधानमन्त्री कार्यालय भएको मुद्दामा नेपालमा आयातित हुने सबै बस्तुमा अनिवार्य विषादी परिक्षण गरि मात्रै भन्सारबाट मुक्ति दिनु भन्ने अन्तरिम आदेश गरे पनि हालसम्म पुर्ण रूपमा कार्यान्वयन भएको छैन ।

रासायनिक विषादी नियमनको लागि जीवनाशक बिषादी ब्यबस्थापन ऐन २०७६ छ तर त्यो ऐन कार्यनयन गर्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यबस्थापन केन्द्र हरिहर भवन ललितपुरमा सिमित छ ।

विषादि ब्यबस्थापन केन्द्रबाट प्रकाशित ‘विषादि ब्यबस्थापन सम्बन्धि सचेतना पुस्तिका’ सरोकारवाला सबैले पढिदिए कम्तीमा नेपालमा विकसित यो भयावह समस्याबाट निकास पाउन सहज हुने थियोे ।

IME Lifesidebar
kumari