नेपालमा पर्यटन, हवाई सेवा विकास
आर्थिक सञ्जाल

हरि गोपाल प्रधान–
नेपाल सन् २०२० मा भिजिट नेपाल वर्ष मनाई रहेको अवस्थामा नेपालमा पर्यटन–व्यवसायले थोरै भए पनि गति लिन थालेकोमा कोरोना (कोभिड १९) भाइरसको महामारी फैलिने सङ्केत देखापर्न थालेदेखि नै फेरि पर्यटन व्यवसाय थला परेको छ ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो ।
यातायात विना पर्यटन–विकासको कल्पनै गर्न सकिंदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता क्षेत्रहरूमा यातायातका स्थलसाधनहरू विकट पहाडी क्षेत्रहरूमा पु¥याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ ।
तर हवाई साधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता देशहरूमा स्थल यातायात भन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
अत्यन्तै न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । यो स्थिति राष्ट्रकै लागि लाज लाग्दो कुरा हो ।
विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भरखरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन ।
नेपालको पर्यटन–विकासमा यातायातका यस्ता पक्षहरूले अहम् भूमिका खेल्न सक्छन् । नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाई–यातायातलाई पर्यटन–प्रवद्र्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) लाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाई सेवाको कर्तव्य हो ।
हाम्रो जस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्रयाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाई सेवा हो ।
पर्यटन–उद्योग नै देशविकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास हवाई सेवाको क्रियाकलापमा नै निर्भर रहेको हुनाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यनटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्ने छ ।
एकातिर नीति निर्माण तहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताको कारणले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरूले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपाल भित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटकहरू नेपाल आउन पाइरहेका छैनन् ।
अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकोले अब पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य रूपमा बृद्धि हुने आशा सबैमा पलाएको छ ।
नेपाल वायुसेवा निगमले तीन वर्ष अघिदेखि दोहा उडान थालेको र विश्वका ठूला–ठूला वायुसेवा निगमहरूले उडान गर्ने दोहासँग सिधा हवाई सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य रूपमा अन्य देश भएर नेपालमा आउने पर्यटकहरुलाई सवभन्दा महँगो भाडादर पर्न आएता पनि पर्यटन आगमनमा बृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो ।
खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब ८ लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दोहासँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।
पर्यटन–व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको हवाई सेवाले विश्वलाई सा“गुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ ।
यसैले गर्दा विश्वमा हवाई यात्रुहरूको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दशौं लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाई यात्रा गरिरहेका छन् ।
हवाई सेवाकै कारणले पर्यटन लगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । हवाई सेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आङ्खना उत्पादनहरू दोब्बरकै सङ्ख्यामा वृद्धि गरिसकेका छन् । विश्व–पर्यटन बजारको आम्दानीमा वृद्धि भई ८०० अरब डलरको हाराहारीमा पुगिसकेको छ ।
दक्षिण एसियाले कूल आम्दानीको १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ ।
नेपालले पनि हवाई सेवाबाट आय–आर्जन गर्ने त गरिरहेको छ, तर राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले वार्षिक साला–खाला १८० लाख डलर मात्र पर्यटन–व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
सन् १९९० को दशकदेखि हवाईयात्रुहरूको सङ्ख्या विश्वमा नै बढिरहेको छ । हवाई यात्रुहरूको सङ्ख्या बढेपछि सडक यात्रुहरूको सङ्ख्या चाहिँ घटिरहेको छ । सडक यात्राले भन्दा हवाई यात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुन सक्छ । हवाई यात्राको प्रतशित लगातार बढिरहे झै“ सडक यात्राको प्रतिशत चाहिँ लगातार घटिरहेछ ।
हवाई यातायाताका क्षेत्रमा यो शुभ सङ्केत हो । युरोप बाहेक अरू सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ । विश्वभरका कूल १.५ अर्ब पर्यटकहरूले हवाई यातायात मार्फत आफ्नो यात्रा तय गर्ने गरेका छन् ।
उता एसिया र प्रशान्त क्षेत्रका हवाई सेवाहरूले आफ्नो परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ८० प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८५ प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।
विश्वको हवाई यातायातको विकासको क्रम सँगसँँगै हवाई यात्राको लागत कम गर्ने पद्धति तिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा हवाई सेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्प्रर्धा हुने स्थिति भएकोले लागत कम गर्ने तर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।
यस क्षेत्रमा ठूला–ठूला एयरक्राङ्खट जस्ता सुपर जम्बो र एयरबसहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आङ्खनो धावनमार्गलाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ ।
यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी समेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले प्रविधियुक्त हुनु पनि जरुरी छ ।
औजार–व्यवस्थापन त्यसैअनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो । वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोही अनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यस प्रतिको भूमिका पनि साँच्चै महत्वपूर्ण हुने कुरा स्पष्टै छ ।
परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्प्रर्धाले गर्दा हवाई सेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव पनि हुन थालेको छ ।
आन्तरिक सेवा–अपरेटरहरूले गठबन्धन तर्फ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसंगत र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ ।
नेपालको पर्यटन–व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शङ्का छैन ।
अन्य विभिन्न सङ्घ–संस्थाहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन–व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्प्रर्धाको कारणले आङ्खनो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ ।
सरकारी नीतिनिर्धारण गर्नेहरू, चालक दल, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई–कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म (ट्रेकिङ्ग एजेन्सी, नेपाल पर्वतारोहण संघ, होटल एसोसिएटसहरुको, बीचको असामान्यजस्यता जस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन–व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन ।
नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ५५ वटा विमानस्थलहरू छन् र तीमध्ये १५ वटा विमानस्थलको पुनर्निर्माण भइरहेको छ ।
ती सबै विमानस्थलहरूलाई संरक्षण गरेर समुचित ढँगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउने छ । आगामी दिनहरूमा नेपालमा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।
त्यस बाहेक नेपालमा पूर्णरूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे तापनि दोश्रो तेस्रो विमानस्थल हुनु पर्दछ । लुम्बिनी, पोखरा बाहेक विमानस्थलहरूलाई विमानस्थलका रूपमा कार्यलाई जति सक्दो छिटो निर्माण गरी विकास गरिनु पनि आवश्यक छ ।
अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ३९ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई–सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
नेपालका बारेमा समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका राजदुतावासहरु र निगमका कार्यालयहरूको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरूमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण प्रचार प्रसार गर्न सकिन्छ ।
ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन–उद्योगलाई मुलुकमा अन्य उद्योगहरूसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।
पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापहरूको अविलम्ब अन्त्य गराउनेतर्˚ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ ।
नेपाल भित्र रहेका गन्तव्य स्थलहरूमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नया“ गन्तव्य स्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउने छ । पर्यटन– प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्प्रर्धालाई पनि ध्यान दि“दै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार–प्रवद्र्धन गर्नुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाश नीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल पाकिङ्ग गरेर राखेको स्थान) पूर्व तर्फको खाली जग्गालाई साना तिना जहाजलाई उडान र अवतरृण गर्न सक्ने गरी रन–वे व्यवस्थीत गर्न सकिन्छ भनेदक्षिण तर्फको हालको एयरपोर्टलाई लम्वाई तर्फ गरी ८ वटा विमान पार्किङ्ग क्षेत्रबाट १२ देखि १६ वटँ सम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ ।
तसर्थ प्राधिकरणले यस तर्फ पनि तत्कालिन ध्यान पु¥याउनु आवश्यक छ साथै हाल संचालन गर्दै आइरहेको धावन मार्गलाई लम्ब्याउन पनि अति अवाश्यकता भै सकेको छ । तीनकुनेबाट जडिबुटिसम्म अण्डर ग्राउण्ड भूमि मार्ग तयार गर्नुपर्ने छ । ।
आन्तरिक हवाई–उडानमा यात्रुहरूको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई–कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ˚ नियन्त्रण गर्ने र सरकारमा दर्ता नगरी अनधिकृत रूपले चलाइएका हवाई–कम्पनीहरूलाई कडा कारवाही गरिने र प्राधिकरणमा उडान र पाकिङ्ग क्षेत्र अनुमति लिई र पाकिङ्ग गर्नुपर्ने स्थानमा पार्किङ्ग नगर्ने र उडान पनि नगरि नीजि क्षेत्रका हवाई कम्पनीले कार्य गर्दै आईरहेको हुनाले काठमाडौं विमानस्थलमा पार्किङ्गको चाप हुँदै गैरहेको छ त्यसकारण त्यस्ता निजी कम्पनीलाई जे जस्तो अनुमति लिएको छ सोही अनुसार कार्य गर्न लगाउनु प्राधिकरणको व्यवस्था हुनु जरुरी छ ।
आन्तरिक उडान सेवाहरूबीचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जानेछ । तर यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटन नीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न र नेपाल पर्यटन बोर्डसँग त्यसले सामन्जस्य राखी काम गर्नु पनि आवश्यक छ ।
सरकारले सबैको सहमति र सामन्जस्यमा राष्ट्रिय पर्यटन नीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने नेपालमा आगामी २०२२ सालमा गरिने भिजिट नेपाल कार्यक्रममा सफल पार्नेमा सबैको सहयोग नै हुनेछ ।
























