प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । २०८३ भाद्र ३१ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सोबेन्द्र सिंह महत र सहायक रथी प्रकाश थापालाई मिति २०८३ आश्विन ६ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका महासेनानी मदन जङ्ग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो।

कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनहरूको समेत उपस्थिति रहेको थियो।

IME Lifesidebar
kumari