नेपालको प्रशासनमा संकट व्यवस्थापन

विषय प्रवेश
नेपालको प्रशासन प्रणालीमा संगठनमा संकट आउँछ भनेर सोच्ने गरेको पाइँदैन । संकट आए पनि संकटले संगठनमा धेरै क्षति हुँदैन भन्ने विश्वास प्रशासन क्षेत्रमा पाइन्छ । हाम्रो संगठन भव्य र सभ्य छ त्यसकारण संकट आउँदैन भन्ने सोच खासगरी परियोजना कार्यालयमा पाइन्छ ।
असल विधिपूर्वक सञ्चालन भइरहेको संगठनमा संकट आउँदैन भन्ने सोच पाइन्छ भने संकट आइहाले पनि कुनै महाशाखा शाखा मात्र प्रभावित हुने हो भन्ने विश्वास गरिन्छ । तर, नेपालको प्रशासनमा संगठनको अपरिभाषित जिम्मेवारी, कमजोर समन्वय, समस्या संबोधन गर्न अपर्याप्त स्रोतसाधन र सूचना सेयर गर्ने प्रवृत्तिको अभावमा संकट आइरहेको देखिन्छ ।
नेपालको प्रशासनमा स–सानो समस्यालाई बेवास्ता गर्ने तथा ठुलै समस्या भए पनि पन्छाउँदै जाने र अन्तिम अवस्थामा अर्थात् आप्mनो वृत्तिमा नै संकट आउने भएपछि मात्र समाधान खोज्ने प्रवृत्ति आमरूपमा छ । संगठनमा आएको समस्यालाई संकटको दृष्टिले हेर्ने गरिँदैन ।
कार्यसम्पादन गर्न स्तरीय कार्य प्रणाली छैन । संगठनका जोखिम र संवेदनशील क्षेत्र पहिचान गर्ने क्षमता पनि देखिँदैन । विभिन्न मूल्यमान्यता बोकेर सेवा प्रवेश गरेका कर्मचारीको विविधता व्यवस्थापनले प्राथमिकता नपाउँदा पनि संकट आउन सक्ने देखिन्छ ।
नेपालको प्रशासनमा संगठनको अस्पष्ट लक्ष्य पनि संकटको कारण बन्ने गरेको छ । कार्यसम्पादन गर्न मात्र संकट पर्खने होइन कि कर्मचारीको पदोन्नति र पुरस्कार दिन पनि संकट नै कुर्ने गरेको देखिन्छ ।
संगठनको व्यवस्थापन तहमा संकट व्यवस्थापनको सीप पाइँदैन भन्दा हुन्छ । लिखित प्रक्रिया र सीमित ज्ञान तथा व्यवस्थापकीय अनुभवको आधारमा संकट व्यवस्थापन गर्ने चलनले संकट निमिटयान्न कहिल्यै हुँदैन । प्रशासनमा आफ्नो काम ढिला गर्ने, पन्छाउने प्रवृत्ति छरपष्ट छ । संकट आउन सक्ने सम्भावनालाई अस्वीकार गर्ने प्रवृति उच्च छ ।
उच्च तथा मध्यमतहको कर्मचारी तथा निर्वाचित पदाधिकारीलाई संकट व्यवस्थापनसम्बन्धी तालिम र एक्सपोजरको अवसर पनि छैन । सार्वजनिक संगठनमा संकट अवश्यंभावी आउने घटना हो । यसकारण सार्वजनिक प्रशासनमा संकट’दयगत जान्न र त्यसको समयमा उचित समाधान गर्न अनिवार्य हुन्छ ।
संकट के हो ?
अचानक संगठनमा आउने वा आएको त्यतो अप्रत्यासित घटना जसले कार्यस्थलमा हलचल ल्याउँछ, त्यो संकट हो । संगठनको अगाडि आएको अस्थिर समय र वातावरण संकट हो । संकट भनेको स्वाभाविक रूपमा असमान्य, अनिश्चित र जटिल अवस्था हो जसले संगठनको रणनीतिक उद्देश्य, प्रतिष्ठा र अस्तित्वलाई चुनौती दिने गर्दछ ।
संगठनमा आएको आकस्मिक अवस्था जसले कर्मचारीलाई डिस्र्टव गर्दछ र संगठनात्मक स्थिरता खल्बल्याउँछ, त्यो संकट हो । संकटबाट व्यक्ति, संगठन तथा समग्र समाज प्रभावित हुन्छ । संकटले सधैं यथास्थितिलाई चुनौती दिन्छ र संकटकृत प्राप्तिको व्यवस्थापनका लागि नयाँ आयाम नयाँ प्रणाली र नयाँ सोचको खोजी गर्दछ ।
संकटको चरित्र, विशेषता, प्रकार र कारण
संकट अत्यन्त छोटो समयमा आउँछ, कुनै प्रकारको पूर्वचेतावनी दिँदैन । शासन प्रणाली वा संगठनलाई चुनौती दिन्छ र हानिनोक्सानी पु(याउँछ । संकटको समयमा निर्णय गर्ने समय छोटो हुन्छ । संकट र संकटबाट उत्पन्न परिघटनाको शीघ्र सूचना प्रवाह अत्यावश्यक हुन्छ । संकटले परिवर्तनलाई पनि निम्तो दिन्छ ।
मूलतः चरित्रका हिसावले संकट अचानक आउने (सडेन) र संगठनभित्र थाहा नहुने गरी भुसको आगो जस्तो फैलिरहने (स्मोल्डरिङ) गरी दुई किसिमको हुन्छ । अर्को शब्दभन्दा संकट नजानेकोरनजानेको र जानेको रनजानेको गरी दुई किसिमको हुन्छ ।
नजानेको ÷नजानेको संकटमा संकटको स्वभाव र समय केही थाहा हुँदैन भने जानेकोरनजानेको संकटमा संगठनको जोखिम पक्ष जानकारी हुन्छ । तर, त्यस्तो संकट कुन बेला कस्तो रूप धारण गरेर आउँछ जानकारी हुँदैन ।
संगठनमा संकट आउनुका धेरै कारणहरू छन् । अनिश्चित कार्य वातावरण, अपर्याप्त स्रोतसाधन, अस्पष्ट र दोहोरो जिम्म्ेवारी तथा समन्वयको अभावमा संकट आउने गरेको पाइन्छ । संगठनमा प्रयोग भइरहेको प्रविधि असफल भएर, कम्प्युटर नेटवर्क अवरुद्ध वा नेटवर्क ह्याक भएर, कर्मचारी असन्तोषले संगठनमा हडताल र तोडफोड भएर, संगठनमा चोरी, हिंसा तथा आतंककारी आक्रमण भएर, उच्च व्यवस्थापन तहमा समस्या सानो छँदा बेवास्ता गर्ने प्रवृत्ति भएर, संगठनात्मक मूल्य मान्यताको अवज्ञा गरेर, संगठनभित्र गैरकानुनी व्यवहार र भ्रष्टाचार बढ्दै गएर, बैंक तथा साहुकारसँग लिएको क्रण भुक्तानी गर्न नसकेर वा टाट पल्टिएर, रोगव्याधीको महामारी व्यवस्थापन नगरेर, संगठनात्मक सूचना निहित स्वार्थका लागि तोडमरोड गरेर, आधारहिन हल्ला फिजाएर, सामाजिक मिडियामा संगठन सम्बद्ध सूचना प्रवाहको उचित सम्बोधन गर्न असक्षम भएर संगठनमा संकट आउने गरेको देखिन्छ ।
संगठनमा आउने वित्तीय संकट, भोकमरी, प्राकृतिक विपद्, आतंकित हमला, आद्यौगिक दुर्घटना, प्रविधिको असफलता सबै संकटका प्रकार हुन् ।
उदाहरणका लागि जोनसन एन्ड जोनसनको क्याप्सुल विषादी भएर सन् १९८२ मा अमेरिकामा बिरामी परेको घटना, भारतको भोपालमा सन् १९८४ भएको केमिकल एक्सिडेन्ट, सन् १९८६ को रसियाको चेर्नोबिलमा भएको परमाणु एक्सिडेन्ट, सन् २०२० को कोरोना भाइरसको विश्वव्यापी महामारी तथा नेपालमा १९९० र २०७२ सालमा आएको महाभूकम्प सबै संकट हुन् ।
२०६३ सालमा मणिपाल शिक्षण अस्पताल पोखराको छाना खसेर १० जनाको मृत्यु भएको घटना तथा २०७८ सालमा आएको बाढीले मेलम्ची खानेपानी परियोजनामा पु(याएको क्षतिबाट उत्पन्न परिस्थिति तथा बीपी कोइराला मेडिकल इन्सिच्युटबाट ट्यालेन्ट डाक्टरको निरन्तर पलायन सबै संकट हन् ।
संकटको प्रभाव
संगठनमा संकट आउनु भनेको संगठनमा अप्रत्यासित र हानिकारक परिणाम देखापर्नु हो । संकटले संगठनको भौतिक संरचना बिगार्छ । वित्तीय, मानवीय एवं बौद्धिक सम्पत्तिमा क्षति पु¥याउँछ । संगठनको सञ्चालनमा रहेको कार्यप्रणालीलाई चुनौती दिन्छ । संगठनको आम्दानी घटाउँछ र खर्च बढाउँछ ।
भइरहेको संगठनात्मक क्षमता संकट समाधान गर्न अपर्याप्त हुन जान्छ । विवादास्पद र बाझिने खालका सूचना प्रवाह हुन्छन् र संकटलाई झन् जटिल बनाउँछन् । सेवाप्रवाहलाई नराम्रोसँग प्रभावित गर्दछ । सेवाग्राहीले सार्वजनिक सेवा प्राप्त गर्न सक्दैनन् ।
सेवाग्राहीको असन्तुष्टि बढ्छ । संगठनको क्षमतामा प्रश्नचिह्न खडा हुन्छ । उत्पादन वा वस्तुको ब्रान्डप्रतिको विश्वास गुम्छ । संगठनको लक्ष्य प्राप्त गर्न सहज हँुदैन र अन्तमा संगठनको प्रतिष्ठानमा नै आँच आउँछ ।
संकट व्यवस्थापन
संकट व्यवस्थापन भनेको अनिश्चितताको व्यवस्थापन हो । संकटबाट हुन सक्ने क्षतिलाई कमभन्दा कम गर्नु हो । संकट व्यवस्थापन विज्ञानभन्दा पनि अचानक र अप्रत्यासितरूपमा आउने घटनाको प्रभावकारी उपचार गर्ने कला हो । अर्थात् संगठनको कार्यसंस्कृतिमा अचानक र अप्रत्यासितरूपमा आएको परिवर्तनलाई व्यवस्थित गर्ने प्रक्रिया संकट व्यवस्थापन हो । विद्वानले अकार्यगत अर्थात् काम नगरेर सिर्जित संकट वा संकट नआएसम्म काम नगर्ने प्रवृत्ति र अचानक आएको संकट गरी संकट व्यवस्थापनलाई दुई खण्डमा बाँडेको पाइन्छ ।
संकट व्यवस्थापन भनेको असमान्य, अनिश्चित र अस्थीर वातावरणमा रणनीतिक निर्णय लिनु र त्यसको कार्यान्वयन गर्नु हो । संकट व्यवस्थापनको उद्देश्य संकटको व्यवस्थापन गर्न व्यवस्थापन तहलाई तयार राख्ने, संकट आएपछि तत्काल सम्बोधन गर्न सक्षम हुने र संकटको कारण रोकिएको व्यवसाय तथा सेवाप्रवाह पुनः सञ्चालन गर्न सक्नेगरी सक्षम हुनु हो । संकट व्यवस्थापनको पहिलो नियम, संकट आउन नै नदिनु हो भने दोस्रो नियम, संकटका लागि तयार रहने र तेस्रो नियम, संकटको व्यवस्थापन गर्नु हो ।
संकट व्यवस्थापनका लागि संकट व्यवस्थापनका संकट रोकथाम, संकटको मूल्यांकन र संकटको प्रभाव सम्हाल्ने (ह्यान्डलिङ) जस्ता चरण’दयगत जान्नुपर्दछ । संकट समाधान गर्न संकट आउन सक्ने सम्भावनाको पहिचान वा अनुमान गरी पूर्वतयारी गर्ने चरण पहिलो चरण हो ।
संकट आएपछि संकटको मूल्यांकन गरी संकट व्यवस्थापन गर्न संकट व्यवस्थापन योजना रणनीति, संकट व्यवस्थापन टिम तथा कार्यप्रक्रिया बनाउने चरण दोस्रो चरण हो ।
संकट प्रभावितको उद्धार, राहत वितरण, पुनर्निर्माण, तथा पुनस्र्थापनको कार्यसम्पन्न गर्ने चरण तेस्रो चरण हो । संकट व्यवस्थापनमा संकट निर्मित परिस्थितिलाई रूपान्तरण गरी संगठनलाई नयाँपन दिन सकिन्छ । यसका लागि व्यवसाय निरन्तर योजना (विजनेस कन्ट्युनिटी प्लान) तर्जुमा गरेर कार्यान्वयन गरिन्छ ।
संकट व्यवस्थापनमा संकटपूर्वको अवस्था पहिचान र व्यवस्थापन गर्न महत्वपूर्ण मानिन्छ । संकटको समयमा संगठनको उत्पादन यथावत् राख्न वा उच्चस्तरको बनाउन, सेवाग्राहीको सन्तुष्टि घट्न नदिन, संगठनको भौतिक, मानवीय, वित्तीय र बौद्धिक सम्पत्तिको रक्षा गर्न, संकट प्रभावितको उद्धार गर्न र राहत प्रदान गर्न, नागरिकलाई छिटछिटो सूचना दिन तथा संगठनको प्रतिष्ठा र सम्मान जोगाउन प्रभावकारी संकट व्यवस्थापन आवश्यक हुन्छ ।
संकट व्यवस्थापनमा संगठनको नेतृत्व र कर्मचारी दुवैलाई संकट ल्याउन सक्ने घटनाको विश्लेषण गर्न र बुभ्mन तथा संगठनले बेहोर्नुपर्ने अनिश्चितता सबै पहिचान गर्न सहयोग पु¥याउने क्रियाकलाप र प्रक्रिया समावेश हुनुपर्दछ ।
संकट व्यवस्थापनले उच्च व्यवस्थापन तह र कर्मचारी दुवैलाई संगठनमा गर्नुपर्ने परिवर्तनलाई आत्मसात गर्न सक्षम बनाउनुपर्छ । संकटसँग सम्बन्धित विभाग तथा सरोकारवालाबीच पर्याप्त समन्वय र सहयोग सुनिश्चित गर्नुपर्छ र संगठनका कर्मचारी संकट व्यवस्थापनका हरेक चरणमा इमानदारीपूर्वक सहभागी हुनु पनि पर्दछ ।
संकट व्यवस्थापनका लागि संकट व्यवस्थापन टिम र संकट व्यवस्थापन योजनाको महत्वपूर्ण भूमिका रहन्छ । संकट व्यवस्थापन योजना संकटबाट आएको नकारात्मक प्रभावहरू समाधान गर्ने र भविष्यमा त्यस्ता संकटबाट सुरक्षित रहन पूर्वतयारी गर्ने योजना हो । संकट व्यवस्थापन योजना कार्यान्वयन गर्न माथिल्लो तहदेखि तल्लो तह अर्थात् संघ, प्रदेश स्थानीय तहसम्म नै संकट व्यवस्थापन टिम निर्माण गरिन्छ ।
सो टिमले संकटबाट उत्पन्न परिस्थितिको निवारण गर्दै जान्छ । त्यस्तो टिममा संकट व्यवस्थापन गर्ने बौद्धिक, संगठनात्मक, सांस्कृतिक, प्रक्रियागत, समन्वयात्मक तथा सूचना प्रवाहसम्बन्धी ज्ञान र क्षमता भने हुन आवश्यक हुन्छ ।
संकट व्यवस्थापनका लागि सूचना प्रवाहको ठूलो भूमिका रहन्छ । तसर्थ, संकटसँग सम्बन्धित सूचनाहरू निरन्तर र छिटो प्रवाह गर्ने प्रक्रियालाई व्यवस्थित गर्न संकट सूचना प्रवाह रणनीति हुनुपर्छ । संकट व्यवस्थापनमा जोखिम व्यवस्थापन योजना, व्यवसाय पुनः सञ्चालन योजना, भइपरी आउने योजनाको उल्लेख्य भूमिका रहन्छ ।
संकट व्यवस्थापन गर्न व्यक्ति समूहमा रहेको इमोसनको नियन्त्रण, संगठन समाजमा रहेको आक्रोसको समाधान, जरुरी कामलाई उच्च प्राथमिकता दिई सम्पादन गर्ने सोच, संकट समाधान मार्गनिर्देशनको निर्माण, संकट सम्बन्धी तालिम तथा संकटमोचनका लागि बजेटको व्यवस्था पनि संकट व्यवस्थापनका तत्वहरू हुन् ।
संकट व्यवस्थापनमा संगठनात्मक नेतृत्वले अहम् र गहन भूमिका खेल्नुपर्छ । संकटको समयमा नेतृत्व तह तथा कर्मचारीहरू खराबभन्दा खराब अवस्थाको कल्पना गर्दै व्यवस्थापनका लागि तत्पर भई एकसाथ जुट्नुपर्छ । संगठनको होस् वा देशको नै किन नहोस् नेतृत्व सक्षम, क्रियाशील र उत्तरदायी हुनुपर्छ । संकटबाट भएको क्षति देखेर, अर्नगल हल्ला सुनेर तथा जनआक्रोस देखेर आत्तिनुहुँदैन ।
शान्त हुनुपर्छ, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनुपर्छ । नेतृत्व मिडिया तथा अन्य सबै सरोकारवालाको पहुँचमा हुनुपर्दछ । संकट आउनासाथ संकट सम्बन्धित सही सूचनाहरू मास मिडिया तथा सामाजिक मिडियामा छिटो प्रवाह गर्नुपर्छ ।
निर्णय गर्ने समय कम हुने कारण निर्णय गर्न तत्पर हुनुपर्दछ । परिवर्तनलाई आत्मसात गर्न कठोर बन्नुहँुदैन । भनिन्छ, संकटले संलग्न हामी सबैलाई स्मार्ट बनाउँछ । संकटको बेलामा कतिपय नयाँ नेतृत्वको उदय पनि हुन्छ । संकटले हरेक संगठनलाई संकटको व्यवस्थापन गर्न, समाजमा अस्तित्व जोगाइराख्न तथा संकट व्यवस्थापन गर्न आत्मनिर्भर पनि बनाउँछ ।
एसजे भेलिटे ‘संकट पुरानो प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण गर्ने एक प्रक्रिया हो’ भनी भन्दछन् । संकटले संगठनमा हानि मात्र पु¥याउँदैन । संगठन सुधार र परिवर्तनको अवसर पनि सिर्जना गर्दछ । यसकारण संकट आइपरेपछि समग्र सुधार र परिवर्तनका लागि नेतृत्व तयार हुन राम्रो हुन्छ ।
२४ मंसिर २०७९, शनिवार १८:५६ बजे प्रकाशित