ओली सरकार गलत बाटोमा
आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार
कुमार राई
बर्तमान सरकार गलत बाटोमा अगाडि बढिरहेको देखिन्छ। बर्तमान अवस्थामा विश्व र नेपालले भोगिरहेको महामारीको समस्या निकै कडा खालको रूघामार्गी हो । यो भाईरस चीनको उहान प्रान्तबाट फैलिएको हो भनेर मानिएको र त्यो रोगको नाम कोरोना भाईरस डिजिज 19 (CoViD19) राखिएको छ। त्यो भाईरसको त्यहाँ बिष्फोटन भए पछि जनताको स्वास्थ्य स्थिति डामाडोल हुनपुग्यो ।
को कोरोना रोगी को निरोगी ? छुट्टाउनै कठीन भयो । स्थिति भद्रगोल हुन पुग्यो । महामारी विकराल बन्नबाट रोक्न चिनसरकारले उपयुक्त उपाय खोज्यो। त्यो हो, जथाभावी भीडभाड रोक्नु वा आम जनताबीच भाईरस रोगी र निरोगी बीच घुलमिलबाट बचाउनु वा शंक्रमण फैलनुमा रोक्न लगाउनु ; त्यसको समाधान छुट्टै बास (परिवार आईसोलेशन्); त्यसको नाम लक्डाउन (Lockdown) राखियो । त्यहाँ कोरोना भाईरस बाहिरबाट आएको थिएन; त्यहीँ उतप्ती भएको कारण लकडाउन कदम उचित छ ।
जहाँ नेपालको बिषय छ ; यहाँ त भाईरस आयातित हो। नेपालमै बसिराखेका नेपालीसॅंग यो भाईरस छैन र परिवार आईसोलेशन -लकडाउनको जरुरी छैन । यो हाम्रो लागि गलत नीति भयो , त्यसकारण बिनाबुझाई नेपालमा लगाएको लकडाउन अविलम्ब फिर्ता हुनुपर्छ । यो हाम्रो गम्भीर माग हो ।
यो लोकतान्त्रिक सरकार हो भने सही आवाज तुरून्त सुन्न पर्छ । नेपालको लागि लकडाउन नीति भनेको छिमेकीले श्राद्ध गर्दा बिरालो डोकोले छोपेको देखेर अर्थ नबुझी श्राद्ध गर्दा आफूले पनि बिरालो खोजेर छोप्ने जस्तै भएको छ। जहाँ सम्म बिदेशबाट नेपाल भित्रने कोरोना भाइरसको सवाल छ, बिदेशबाट आउने नेपालीका लागि मात्र हाम्रो सीमा खुला राख्नुपर्छ ।
प्रवेश गरेका नेपालीहरूलाई क्वारेन्टाइनमा राखी, जाँच गरी ,रोगी निरोगी छुट्टाउदै कारबाही अगाडि बढाउने जिम्मेवारी चिकित्सकहरूलाई दिनुपर्छ । यो पाटोमा राज्य डटेर लाग्नुपर्छ । कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ।
यसले बिश्वको अर्थतन्त्रमा असाध्यै ठूलो नकारात्मक असर पार्दैछ । अति अल्प बिकसित राष्ट्रहरुका समूहमा नेपाल परेको नेपालले झनै कठीन परिस्थितिको सामना गर्नु पर्नेछ । रोजगारीमा गएका युवायुवतीहरु बेरोजगार भएर घर फर्कने छन् ।
उनीहरूलाई रोजगारीको बाटो दिनुपर्छ । बिप्रेशन घटनाले देशको अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ।सबसे खतर्नाक कुरो यस्तो अवस्थामा राष्ट्रको मनोबल गिर्नसक्छ ; सरकार राज्य अति जिम्मेवार र सम्बेदनशील भएर राष्ट्रको मनोबल उच्च राख्न सवै प्रकारका उपायहरु अपनाउन तयारी अवस्थामा रहन अत्यन्त जरुरी छ।
बेरोजगारीले जनताको क्रयशक्ति कमजोर बनाउछ यसले अर्थतन्त्रमा मन्दी ल्याउछ,, उत्पादन घट्छ , सेवा र बस्तुको भाउ बढ्छ; जनता अझै ठूलो गरीवीको दुस्चक्रमा फस्न सक्ने सम्भावना तिर जाँदैछ ।यस्तो स्थिति आउन नदिन सरकारको ठूलो र मूख्य कर्तव्य हुनेछ। ओली सरकार यसमा कदापि चुक्नु हुँदैन । कथम् कदाचित चुक्यो भने शान्तिसुरक्षामा गम्भीर असर पर्नसक्ने सम्भावना प्रवल भएर जाने छ। कोरोना भाईरस महामारीले ल्याउने आर्थिक, सामाजिक, सास्कृतिक, मनोबैज्ञानिक, शान्ति सुरक्षा, शैक्षिक, मानवअधिकार क्षेत्रमा आउँने समस्याहरुका समधान खोज्न यो सरकारले चासो लिएको देखिदैन ।
यो बेलामा यो सरकारले सबै राजनीतिक दलहरू, सॅघसंस्थाहरू, प्रोफेसरहरू, अर्थतन्त्रमा चासो राख्ने अर्थशास्त्रीहरू ,बैंकरहरू, अर्थविद्हरू,शिक्षाविद्हरू, शैक्षिक सस्थाहरू, चिकित्सकहरू, मानव अधिकारबादी, समाजशास्त्री, मनोबिज्ञ,मनोचिकित्सक, सुरक्षाविद्, सुरक्षाकर्मी, पत्रकार र बौद्धिक जमात , नेपाल र नेपालीको हितमा लेख्ने लेखक, कलाकार, चिन्तक, सरोकारवालाहरूसॅंग बसेर गम्भीर छलफल , बहस, परामर्श, गोष्टी विविध तरीकाबाट राय सुझाव संकलन गरेर सबै मन्त्रालयहरूलाई सजग,सकृय र जिम्मेवारी दिई जिम्मेवारी बनाउन सॅघीय सरकारले,” राष्ट्रिय शंकट सम्बोधन पत्र ” जारी गर्न अति आवश्यक छ ।
यसले आम जनता र राज्यलाई मार्गदिशा बोध गराउनेछ। यसले अलमलको स्थिति पूर्णरूपमा चिर्न अचुक वाणको काम गर्नेछ । सरकार यी कार्यहरू सम्पन्न गर्नमा कदापि चुक्नु हुँदैन र हुँदैन थियो ।
तर सरकार यसमा चुकेर गलत बाटोमा लागेको देखेर हामी खेद प्रकट गर्दछौं । विश्व, आफ्नो देश नेपाल यसतो कठीन समस्याले गाजिरहेको अवस्थामा सबै दलहरू र जनताको सहयोग लिनुपर्ने समय दल फुटाउने अध्यादेश जारी गर्नु पर्ने कारण पुष्टि गर्न सकिन्छ? अर्काको घर फुटाएर आज आफू किन बलियो हुनुपर्छ परयो? अरूलाई कमजोर बनाउन खोज्ने प्रधानमन्त्री आफै कमजोर भएको अनुभुति भएको छ कि छैन ?
नेपाललाई अलपत्रमा पार्न र अलपत्रमा छाड्न कसैलाई जिम्मेवारी सुम्पिएको छैन। यसमा कसैलाई शंका नरहोस। सरकारले राज्यलाई अपराधीकरण गर्दै गरीरहेको छ । संघीय सान्सदहरू, पूर्व आईजीपी अपहरणमा संलग्न हुनु र उनीहरूमाथि कारबाही नहुनु भनेको लोकतन्त्रको यो भन्दा बढी खिल्ली के हुन सक्छ ? मुखमा रामराम बगलीमा छुरा भनेको यहीँ रहेछ।
मुखले कानूनी राज्य भन्ने ,कार्य कानून विपरीत गर्ने, लोकतन्त्र र मानवअधिकारलाई खुम्च्याउँदै लैजाने, वाक प्रेस स्वतन्त्रता हनन्, सत्यको आवाज बन्द गर्न गिरफ्तार गर्ने ।
यो कुरो मनन् गर्न जरूरी छ कि सत्यलाई रोक्यो भने झुटाको बिगबिगी बढछ। सरकार ज्यादै अशहनशील रूपले अगाडि बढिरहेको छ । सम्पूर्ण नेपाली नागरिक र जनता सजग रहन आग्रह गरिन्छ । (लेखक सामाजिक लोकतान्त्रिक पार्टी नेपालका नेता हुन् ),