citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौं । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित खहरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु करिब ४ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याबलेट ७ पिस र नगद १ लाख २२ हजार ९ सय ९० रुपैयाँ सहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ गैडा बस्ने २७ वर्षीय नर बहादुर गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा कोभिड-१९ समन्वय डेस्कमा खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश ३-००२-१२ प ७४७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक गोलेलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank