stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

“लकडाउन खुकुलाे हुने आशामा जनता”

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते

श्रीकृष्ण ज्योति

काेराेना संक्रमण फैलिन नदिन र जनताकाे सुरक्षाका निमित्त सरकारले गरेकाे लकडाउनले ३४ दिनमा परवेश गरेकाे छ। उक्त अवधिमा दैनिक श्रम गर्ने श्रमजीवी,ज्याला मजदुरी,सडक पेटिमा पसल गर्ने साना ब्यवसायी,यातायात मजदुर लगायत दैनिक आय आर्जन गरेर जिविका चलाउने नागरिकहरूकाे अवस्था सुन्यतामा झरेकाे छ।

आर्थिक अवस्था कमजाेर भएका नागरिकहरूलाई अब राेगले हैन भाेकले मर्ने दिन आइ सक्याे।सरकारले दिएकाे ५ केजी चामल बाट नागरिकले यति लामाे समय बाच्न सके हाेलान त ? बिचार गरौ!!

त्यसैले निम्न अनुसारका नीति अवलम्बन गरेर लकडाउन खुकुलाे पार्न मिल्छ कि ! यसाे गर्दा कसाे हाेला भन्ने मेराे सानाे सुझाव मात्र हाे।अन्यथा नलिनु हुन अनुराेध छ।

(१) खुल्ला सिमाना अझै टाइट गर्ने।

(२) काेराेना संक्रमित क्षेत्र बा जिल्लालाई राहत सहित रेडजाेनमा राख्ने।

(३) निजि घर निर्माण कार्यलाई सजगता अपनाउदै सुचारु गर्न दिने।

(४) कृषि उत्पादनमा जाेड दिदै कृषि क्षेत्रमा काम गर्न खुल्ला गर्ने।

(५) दूध,अण्डा,उत्पादक कृषकलाई आफुले उत्पादन गरेकाे सामान बिक्रि बितरण खुल्ला गर्ने।

(६)स्थानिय धरेलु उधाेगहरू सजगता पुर्वक सञ्चालन अनुमति दिने।

(७) बैंक तथा बित्तीय सस्थाहरू सामाजिक दुरि कायम गरि सञ्चालन अनुमति दिने।

(८) किराना तथा खाध्य पसलहरू सामाजिक दुरि कायम गर्दै आफु खुशि खाेल्ने अनुमति दिने।

(९) देशमा सञ्चालित उधाेगहरूमा संक्रमित ब्यक्ति भएमा उपचार खर्च सम्बन्धित कम्पनिले ब्यहाेर्ने गरि सञचानमा ल्याउन सक्ने उधाेगहरूलाई संझौता सहिन अनुमति दिने।

(१०)हाललाई बिबाह,ब्रतवन्ध,भाेज भतेर,भेला,सम्मेलनमा र भिडभाडमा पुर्ण रूपमा राेक लगाउने।

(११) अन्य कुराहरू आवस्यकता र संक्रमणकाे अवस्था हेरि खुकुलाे वा कडाइ गर्ने ब्यवस्था मिलाउने।

काेराेना संक्रमण र ब्यवस्थापनका लागि निम्न विधि अवलम्बन गर्ने।

(१) देशका सबै स्थानिय निकायमा न्युनतम ५ बेडकाे आइसुलेसन र कम्तिमा ३ जना डाक्टर सहित काेराेना परिक्षण केन्द्र राख्न कडाइका साथ अनुमति दिने ।

(२) देशका सात वटै प्रदेशमा कम्तिमा ५ कि.मि.काे दुरी कायम राखि आइसुलेसन र काेराेना संक्रमित उपचार केन्द निर्माण गरि उपचार गर्ने।

(३) काेराेना संक्रमितकाे उपचारमा संलग्न डाक्टर र स्वास्थ्य कर्मीकाे सुरक्षा पिपिई सहित सुबिधा दाेब्बर गर्ने।

(४) सामाजिक सञ्जाल सहित सम्पुर्ण संचार माध्यमबाट काेराेना संक्रमण र बच्ने उपायका बारेमा निरन्तर सन्देश प्रवाह गर्ने।

kumari bank
kumari
nawakantipur long