stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौँ । नेपाल परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरना भाईरस महामारीको कारण सृजितलामो लकडाउनले पिडित बनेका अतिबिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलकाअध्यक्षएकनाथ ढकालले बताए ।
उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरु संगको समन्वयमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्लाकार्य समितिलाई जिम्मेबारी दिएको छ । बैठकले महामारीको कारण सामाजिकअस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत गराउदै तुरुन्त कोभिड १९ पिडितहरुको लागि राहतप्याकेज घोषणा गर्न आग्रह गरेको छ । बैठकले केहि समय अघि तत्कालिन नेपाल संघिय समाजबादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी काठमाडौँ र श्रीमति बुद्धिमाया पुन रुपन्देहीलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ ।
बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथानवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदिअनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न “सूचना प्रबिधि विभाग“ गठन गर्ने निर्णय गरेको छ ।
बैठकले राजनैतिकदलले आफ्नो औचित्यको पुष्टी चुनौती र संकटको घडीमानै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुलाई कोरोना भाइरस बिरुद्धको लडाईमाअग्रपन्तिमा उत्रिनआग्रह गरेको छ । बैठकले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका खातिर चलेका सबै कदमहरुलाई सहयोग गर्न अपिल गरेको छ ।
सरकारले अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिएको छ । बैठकले एक्काइसौं शताब्दीको आधुनिक राज्य उदारवादी, लोकतान्त्रिक र कल्याणकारी चरित्रको हुनु पर्छ भन्दै राज्यले स्वास्थ्य र शिक्षाको पूर्ण जिम्मेवारी लिनुपर्ने बताएको छ ।

बैठकले संकीर्ण राष्ट्रवाद, पृथकतावादवा स्वार्थीपन बाट माथि उठी नयाँ भूमण्डलीकरण, सहकार्य, मानवीयता र परोपकारिताका साथ साझालक्ष्य फेला पार्न तयारीमा लाग्नुपर्ने बेलाआइसकेको जिकिर गरेको छ ।

नयाँ राजनीतिक, आर्थिक तथा सामाजिक प्रणाली सहितको “नयाँ विश्वव्यवस्था“ को स्थापनाअपरिहार्य भएकोले सरकारले यिनै तथ्यहरुलाई विश्लेषण गरी आफ्नो आगामीयात्रा तय गर्न पनिनिर्णय गरेको छ ।
बैठकले केही समय अघि सयुक्त राज्य अमेरिका र बिद्रोही तालिवान बीच भएको ससर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिब  एन्टोनियो गुटेरेसले कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नको लागी मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्ध विरामको लागि गर्नु भएको प्रस्तावलाई समेत स्वागत गरेको छ । यस अघि नेपाल परिवार दलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको लागी हजारौं थान मास्क वितरण गरिसकेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari