उत्पादन सुरु नगरे भोकमरीले ल्याउन सक्छ :


पहिलो कुरा त मान्छेको जीवन नै हो । जीवनलाई सुरक्षा गर्ने विभिन्न तरिकाहरु हुन्छन्, अहिलेको लकडाउन भनेको जीवनको सुरक्षा गर्ने अन्तिम हतियार हो । सुरुमा हाम्रो तयारी अलिकति कम भयो, विश्व स्वास्थ्य संगठनले गम्भीरतापूर्वक लकडाउनको कुरा गरेपछि मात्रै हामीले सुरु गर्यौँ ।
मेरो विचारमा चाहिँ लकडाउनलाई ‘स्लो डाउन’ गर्दै उत्पादनका क्षेत्रहरुलाई बिस्तारै सञ्चालन गर्नुपर्छ । न्युनतम उत्पादनहरु हुने किसिमले यस्ता उत्पादनका क्रियाकलापलाई अझ भन्दा आधारभूत उत्पादनका कुराहरुलाई हामीले सुरु गर्नैपर्छ । तर त्यसका लागि पर्याप्त सुरक्षा अपनाउनु जरुरी छ ।
तत्कालका लागि कृषि उत्पादनका कुराहरुलाई ध्यान दिनुपर्छ । अहिले धान र मकै रोप्ने बेला पनि हो । तरकारी र फलफूल पनि रोप्न सकिन्छ । कुखुरापालन आदिका कुरा पनि हुन सक्छन् । कतिपय स्थानमा यी वस्तुहरु उत्पादन त भएका छन् तर बजारमा आउन सकेका छैनन् ।
आधारभूत उत्पादन भन्नाले भान्सामा चाहिने कुराहरु र भान्सासँग जोडिएका सेवा तथा वस्तु र औषधीजन्य उत्पादनहरु हुन् । यो भनेको खाद्यान्न, पानी, औषधी आदि विषयहरु हुन् । अनि यी सबै ढुवानीका लागि चाहिने इन्धन पनि यससँगै जोडिएर आउँछन् । खाद्यान्नका कुरामा खाद्यान्न, तरकारी, लाइफस्टकका कुरा, मत्स्यपालन, कुखुरापालन आदि कुराहरु पनि पर्छन् ।
हामीले सुरुमै अलिकति तयारी के गर्नुपथ्र्यो भने आपूर्ति त सरकारले सुचारु गर्छौ भन्यो तर उत्पादन नै नभए आपूर्ति को कुरा कहाँबाट आउँछ र ? त्यसकारण आपूर्ति मात्रै सम्भव छ र भन्ने प्रश्न आउँछ । त्यसकारण आपूर्तिलाई उत्पादनसँग जोड्नुपर्छ र उत्पादन सुरु गर्नैपर्छ ।
तत्कालका लागि कृषि उत्पादनका कुराहरुलाई ध्यान दिनुपर्छ । अहिले धान र मकै रोप्ने बेला पनि हो । तरकारी र फलफूल पनि रोप्न सकिन्छ । कुखुरापालन आदिका कुरा पनि हुन सक्छन् । कतिपय स्थानमा यी वस्तुहरु उत्पादन त भएका छन् तर बजारमा आउन सकेका छैनन् ।
तर उनीहरुलाई सुरक्षित भने बनाउनै पर्छ । त्यहाँ उत्पादक हुन्छ, थोक विक्रेता हुन्छ, ढुवानीकर्ता संलग्न हुन्छन् । उनीहरुले खुद्रा बिक्रेतासम्म पुराउँछन् र उनीहरुले उपभोक्ताको भान्सासम्म पुर्याउँछन् । सामान ढुवानी गर्न ट्रकका चालकहरु हुन सक्छन्, उनीहरुलाई सामाजिक दूरी कायम गराई र पीपीई लगायतका स्वास्थ्य उपकरण उपलब्ध गराई काम सुरु गर्नैपर्छ ।
यस्ता कामहरुमा संलग्न हुनेहरुमा सुरक्षाको प्रबन्ध गरेर कृषिजन्य, पशुजन्य र मत्स्यजन्य उत्पादन तत्कालै नियमित गर्नुपर्छ । यसले आर्थिक गतिविधिमा केही सुधार ल्याउन सक्छ ।
जब मानिसहरु भोकै पर्न थाल्छन्, त्यसपछि विद्रोह सुरु हुन थाल्छ । रोग लागेर मर्नु भनेको त एक ठाउँमा छँदै छ, त्यो बाट त जोगिएला तर आफूसित खाने कुरा र पैसा छैन भने भोकै मर्न पनि सकिन्छ । पैसा कमाउनका लागि काम छैन, काम नभईकन पैसा छैन, पैसा नभई सामान पनि किन्न पाइएन ।
अर्को कुरा उत्पादनको कुरा के हुन्छ भने चाहे त्यो कृषिक्षेत्रको होस् वा औद्योगिक या त पशुपालन क्षेत्रको होस्, उत्पादनको शृङ्खलालाई तोड्नु हुँदैन । अहिले कतिपय स्थानमा चैते धान रोप्ने, कतिपय स्थानमा मकै छर्ने र कतिपय स्थानमा तरकारी रोप्ने बेला भएको छ ।
उदाहरणका लागि कसैले दुध उत्पादन गर भन्यो, किसानले उत्पादन पनि गर्यो, तर त्यसलाई बजारसम्म पुराउनु त पर्यो नि । दुध उत्पादन गर्नका लागि वा खान र खुवाउनका लागि दाना पनि चाहियो, घाँस चाहियो ।
उत्पादन जन्य उद्योग खोल्नै पर्छ . उत्पादनजन्य उद्योगलाई सुरक्षात्मक उपायहरु अवलम्बन गर्दै आधारभूत वस्तुको उत्पादन हुने किसिमले वातावरण बनाउनुपर्छ ।
अहिले कोरोनाको कारणबाट हाम्रो जीवनको नोक्सान हुने क्षतिभन्दा भोलि भोकमरीको कारणबाट अझै ठूलो नोक्सान समेत हुनसक्छ । भोलि मजदुर र निमुखा वर्गको विद्रोह पनि हुनसक्छ, बालबच्चाको कुपोषण पनि हुनसक्छ ।