stcnepal long ad
ime life insurance
national life
global ime bank long

नवकान्तिपुर साकोसले पालैपालो सेवा दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार

काठमाडौँ ।  काठमाडौँ  स्थित बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधिभर शाखा तथा केन्द्रिय कार्यालय मार्फत पालैपालो सेवा दिने भएको छ । संस्थाले साताको मंगलबार र शनिबार बाहेकको दिनमा सदस्यलाई विहान ११ बजे देखि दिउँसो १ बजे सम्म अत्यावश्यक मात्र सेवा लिन अनुरोध गरेको छ ।

संस्थाले सोमबार, बुधबार र शुक्रबार मुख्य कार्यालय बत्तिसपुतलीबाट तथा आइतबार र बिहीबार शाखा कार्यालय इन्द्रचोक काठमाडौँबाट सदस्यलाई सेवा दिने भएको हो । उक्त समयमा सदस्यलाइ २५ हजार सम्म बचत भुक्तानी गरिने र सम्भव भएसम्म संस्थाको डिजिटल प्रविधि प्रयोग गर्न पनि संस्थाले आग्रह गरेको संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले जानकारी दिएका छन् ।

IME Lifesidebar
kumari