stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाइ इन्धन मूल्य बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।

निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य १५० रुपियाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ ।

हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपियाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपियाँ कायम भएको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपियाँ थियो ।

prabhu mahalaxmi
kumari