stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकाको ग्रिनकार्ड ६० दिनको लागि स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार

काठमाडौं । अमेरिकाको स्थायी बसोबासको लागि चाहिने प्रमाण ग्रिनकार्डको प्रतिक्षामा बसेकाहरुलाई राम्रो समाचार छैन । अबको ६० दिनसम्मका लागि अमेरिकाले ग्रिनाकार्ड सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले दुई महिना अर्थात ६० दिनका लागि यस्तो निर्णय गरेको जानकारी दिएका छन् ।

यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरु अर्थात ग्री कार्ड सम्बन्धी गतिविधिमा लागू हुने पनि ट्रम्पले स्पष्ट पारेका छन् । अब कम्तिमा पनि ६० दिनसम्म अमेरिकामा ग्रिन कार्डका सबै प्रक्रिया रोकिनेछन् । आवश्यक परेको खण्डमा थप एक महिना बढाउन सकिने राष्ट्रपति ट्रम्पको भनाई छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका ट्रम्पले मंगलबार त्यसबारे थप स्पष्ट पारेका हुन् ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुनेछैन ।

IME Lifesidebar
kumari