stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल-भारत सीमा नियमित जरूरी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

बुद्धि नारायण श्रेष्ठ–

१) कोरोना भाइरस संक्रमण प्रकोप साम्य हुने बित्तिकै नेपाल–भारत सीमा नियमन गर्न अहिलेदेखि नै गृहकार्य सुरु गरिहाल्नु पर्छ ।

२) नाकाको दशगजा क्षेत्रमा प्रिफ्याबका कोरिडोर कोठा बनाई त्यस्ता कोरिडोरमा आवश्यकताअनुसार तीनदेखि पाँच डेस्क स्थापना गरिनु पर्छ ।

३) त्यस्ता डेस्क टेबलमाथि सानो स्टान्ड बनाई रड सहितको डिजिटल अथवा मोबाइल क्यामेरा जडिनु पर्छ ।

४) सीमा वारपार गर्ने यात्रुलाई आफ्नो परिचयपत्र त्यस क्यामेराको मुनि टेबलको निश्चित स्थानमा राख्न लगाई क्यामेराले क्लिक गर्नेबित्तिकै परिचयपत्र उठाएर कोरिडोरबाट बाहिरिने व्यवस्था गरिनु पर्छ ।

५) यसका लागि एक मिनेट समय लाग्न सक्ला ।

६)सुनौली, रक्सौल,जोगवनी,काकरभिट्टा,जमुनाहा जस्ता भिंडभाँड हुने नाकामा पाँच डेस्क राखियो भने एक घन्टामा ३०० जना अर्थात् १२ घन्टामा ३ हजार ६ सय यात्रु आवागमन गर्न सक्ने हुन्छन् ।

७) क्यामेराले खिचेको संख्या गन्ती गरी रात परेपछि डिजिटल रुपमा तथ्यांक स्थापना गरिनु पर्छ ।

८) अहिले भाइरसले आतंक फइलाए जसरी अपराधी, विध्वंसकारी, जाली भारतीय नोट निकासीकर्ता, लागुपदार्थ ओसार–पसारवाला, मानव तथा सामान तस्कर सजिलै खुला सीमापार गरी दुवै सीमावर्ती क्षेत्रको समाजलाई विकृत पार्न नदिन सीमा नियमन आवश्यक परेको छ ।

prabhu mahalaxmi
kumari