चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
काठमाडौँ । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ ।
उक्त प्रतियोगिताका लागि सोनी पाख्रिन, रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिका कुमारी महरा, अनु कडायत, मनीषा उपाध्याय, सना प्रवीण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्माले टोलीमा स्थान बनाएका छन् । नेपालले खेल्ने यस प्रतियोगितामा चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।






















