stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वुढानिलकण्ठमा घुम्ती सुपथ मुल्य पसल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार
काठमाडौँ । वुढानिलकण्ठ नगरपालिकाको वडा न: १२ काे दुर्गा मन्दिर नजिक साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपभोक्ताको चापलाई बिचार गरी घुम्ती सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लकडाउन भएको दोस्रो दिन देखिनै काठमाडौं, भक्तपुर र ललितपुर गरि तीन जिल्लामा घुम्ती सेवा दिदै आएको छ ।
उक्त घुम्ती सेवामा तीन वटा गाडी सञ्चालन गरिएको छ उक्त गाडी विभिन्न ठाँउमा चलिरहेका छन्। पसलहरु भन्दा सुपथ मूल्य र गुणस्तरीय सामान उपलब्ध गराएको जनार्दन ढुंगानाले बताएका छन् । लकडाउन रहुन्जेल सम्म घुम्ती सेवा दिने पनि ढुंगानाले जानकारी दिएका छन् ।
यस घुम्ती सेवामा पाइने सामानहरु र मूल्य सुची यस प्रकार रहेको कर्पोरेशनले जनाएको छ:
१) चिनी प्रती किलो – रु. ७५
२) नुन प्रती किल – रु. २०
३) चामल १ बोरा-(२५ केजी )- रु. १६००
४) पिठो २ किलो- रु. ११५
५) मैदा २ किलो -रु. १३५
यसका साथै आवश्यक परेमा एसटीडी ग्यास पनि उपलब्ध गराउन सक्ने भएका छन् । कर्पोरेशनको कालिमाटीस्थित गोदाममा रहेको बताएका छन । घुम्ती सेवा एकै दिनमा विभिन्न ठाँउबाट लिन सक्ने भएको र घर–घरमै आउने भएकाले गर्दा सर्वसाधारण पनि खुशी भएका छन।
IME Lifesidebar
kumari