साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वुढानिलकण्ठमा घुम्ती सुपथ मुल्य पसल

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार
काठमाडौँ । वुढानिलकण्ठ नगरपालिकाको वडा न: १२ काे दुर्गा मन्दिर नजिक साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले उपभोक्ताको चापलाई बिचार गरी घुम्ती सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लकडाउन भएको दोस्रो दिन देखिनै काठमाडौं, भक्तपुर र ललितपुर गरि तीन जिल्लामा घुम्ती सेवा दिदै आएको छ ।
उक्त घुम्ती सेवामा तीन वटा गाडी सञ्चालन गरिएको छ उक्त गाडी विभिन्न ठाँउमा चलिरहेका छन्। पसलहरु भन्दा सुपथ मूल्य र गुणस्तरीय सामान उपलब्ध गराएको जनार्दन ढुंगानाले बताएका छन् । लकडाउन रहुन्जेल सम्म घुम्ती सेवा दिने पनि ढुंगानाले जानकारी दिएका छन् ।
यस घुम्ती सेवामा पाइने सामानहरु र मूल्य सुची यस प्रकार रहेको कर्पोरेशनले जनाएको छ:
१) चिनी प्रती किलो – रु. ७५
२) नुन प्रती किल – रु. २०
३) चामल १ बोरा-(२५ केजी )- रु. १६००
४) पिठो २ किलो- रु. ११५
५) मैदा २ किलो -रु. १३५
यसका साथै आवश्यक परेमा एसटीडी ग्यास पनि उपलब्ध गराउन सक्ने भएका छन् । कर्पोरेशनको कालिमाटीस्थित गोदाममा रहेको बताएका छन । घुम्ती सेवा एकै दिनमा विभिन्न ठाँउबाट लिन सक्ने भएको र घर–घरमै आउने भएकाले गर्दा सर्वसाधारण पनि खुशी भएका छन।