stcnepal long ad
global ime bank long

कमिसनखोरहरुको कठालो समाऔं

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

आर सी न्यौपाने

नेपालमा भएका २०४६ ,०५२/२०६२/०६३का राजनीतिक आन्दोलनको माक्स साम्राज्यवादी स्वार्थको खिलाप गर्दै जनताको वलिदानीपूर्ण सङघर्षबाट स्थापित हुन पुगेका मूल्य र मान्यताको ध्यय सुख शान्ति समृद्धि एकता र राष्ट्रिय शक्ति सन्तुलनको उचित संवोधन हो । अफसोच यिनै मान्यताको विरुद्ध २०४६ देखि नै काङ्ग्रेस नेतृत्वको सरकारले राष्ट्रिय स्वार्थ विरुद्ध शिक्षा स्वास्थ्यको निजिकरण गर्दै माफिया तन्त्रको संस्थागत गर्न पुग्यो ।

काङ्ग्रेसले राष्ट्रिय उद्योग धन्दा काैडिको मुल्यमा वेचेर कमिसन खाने गोरख धन्दा सुरु गर्न पुग्यो । नेपालको समाजिक संरचनामा खलल ल्याई धरमान्त्रण गराउने क्रिश्चियन प्रोजेक्टहरु आई एन जिओ /एन जि ओ जस्ता साम्राज्यवादी योजनाको ढोका पनि काङग्रेसले नै खोल्यो ।अहिले सम्म नेपाली काङग्रेस एक पछि अर्को गर्दै साम्राज्यवादी खेतला बनेर देश र जनताका मूल्य मान्यता धर्म संस्कृति माथि निरन्तर प्रहार गर्न उद्धत रहेको पछिल्लो एम सी सी प्रकरणमा लगायतका लुट धन्दामा समेत दुधको साक्षी बिरालो बनेर निर्वस्त छ ।

काङग्रेसको लुटतन्त्र विरुद्ध खडा भएर सत्तामा उदाएको हाम्रो वाम शक्ति तथा नेपालको कम्युनिष्ट आन्दोलन भित्रको एउटा पंति पनि छद्म भेषको साहारा लिदै वाम जनमतको सत्ताको बदनाम गराउन ईण्डो-प्यासिफिक ,बिमेस्टेक , होलीवाइन ,नीतिगत भ्रष्टाचारमा लालायीत बनी निरवश्त्र बन्न आईपुगेबाट हामी दुखित छाै ।

वाईड वोडी ,एनसेल काण्ड ,बुढी गण्डकी प्रकरण ,हुदै नेटोको सैन्य अखडाको अभिष्ट बोकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम सी सी) सार्वभाैम संसदबाटै पास गराई राष्ट्रघात गर्ने दुश्साहसपूर्ण षडयन्त्रकारी खेल ,बालुवाटार ललित निवास जग्गा लुट प्रकरण , नेपाल ट्रष्टको जग्गा दोहन यति होल्डिङ नीतिगत कमिसन धन्दा , वास्श्कोटा सेक्युरिटी प्रिन्टिङ काण्ड , कोरना मेडिकल सामाग्री गोरख धन्दा जस्ता कुकर्महरुका श्रीङ्खलाहरुमा वाम सरकार नाङ्गै उत्रिएबाट कम्युनिष्ट आन्दोलन र वाम सरकारको बदनामी हुन पुगेको छ ।

प्रजातन्त्रको ट्यागमा साम्राज्यवादी नीतिको रणनीतिक साझेदार सोसलिष्ट ईन्टरनेसनलको नेपाल च्याप्टर प्रतिनीधि नेपाली काङ्ग्रेस होस या कम्युनिष्ट ट्याग कब्जा गरेर राष्ट्रिय आत्मसमरप्रणवादी र वर्गीय आत्मसमर्पणवादीहरुको दुवै पंतिको अन्तरङ्ग संवन्ध देश र जनाको पक्षमा छैन ।

कम्युनिष्ट पार्टी भित्रका ईमानदार नेता कार्यकर्ताको पंति अव कम्युनिष्ट आन्दोलनको साख बचाउन बेलैमा पार्टी र सरकार भित्रका भ्रष्ट वेईमान लाचार कमिसनखोरहरुका विरुद्ध लागाै ।

राष्ट्र प्रति घात गर्नेहरुलाई परास्त नगरे सम्म एकीकृत , सुसंगठित र समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार पुरा गर्न सकिदैन । यस भयावह अवस्थावाट पारपाउँन जनता स्वयं नजागे हाम्रो स्वत्व र अस्तित्त्व विनासको साम्ने खडा छ I

नैशर्गिक दायित्त्व र जिम्मेवारिको वोध सवै नागरिक र राज्यले वेलैमा गरौँ। यति कुरा पनि हेक्का नराख्ने हो भने अहिलेको पुस्तालाइ भावी पुस्ताले कलंकित पात्रका रूपमा चित्रित गर्नेछन् । यस्ता कुत्सित प्रयासलाई जनस्तरबाटै निस्तेज गराउदै कम्युनिष्ट तथा प्रजातान्त्रिक आन्दोलन तथा राष्ट्रको भविश्य उज्वल बनाउन सबै वाम /प्रजातान्त्रिक/ देशभक्त क्रान्तिकारीहरु एकतावद्ध भई वेईमानहरुका विरुद्ध भण्डाफोर अभियान शसक्त पाराै|

IME Lifesidebar
kumari