stcnepal long ad
global ime bank long

सेयर, सेयरका प्रकार र संस्थापक सेयर बिक्रीको प्रावधान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरूलाई विक्रि गरिन्छ। यसरी कम्पनीको पूँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पूँजी जम्मा गर्नको लागि सेयर जारी गरिन्छ।

यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । सेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनी विच करार हुने गर्दछ ।

सेयरमा लगानी गरे वापत सेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।

सेयरको प्रकार

(क) अग्राधिकार सेयर:

अग्राधिकार सेयर संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्रअधिकार हुने सेयरलाई अग्राधिकार सेयर वा संस्थापक सेयर भनिन्छ । अग्राधिकार सेयरमा सेयरपूँजी तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ ।

कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरूले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो ।

जस्तो कि १ अर्ब पुँजीको एउटा बैङ्क वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरूले ३० करोड हाल्ने, ३० करोड बैङ्कबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो ।

यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरूले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ । त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र विघटन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ।

यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

(ख) साधारण शेयर :

साधारण सेयर कम्पनीमा हुने अग्राधिकार सेयर भन्दा बाहेकको सेयरलाई साधारण सेयर भनिन्छ । यस प्रकारको सेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ। यस शेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ ।

संस्थापकहरूले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ ।

साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई १० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिइन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।

सेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा अनुमति लिएर सेयर दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ ।

यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर बजारमा आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।

(ग) बोनस सेयर:

बोनस सेयर कम्पनीको विद्यमान सेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने सेयरलाई बोनस सेयर भनिन्छ । यस्तो सेयर कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु बाहेकका कम्पनीको शेयरमा संस्थापक र सर्वसाधारण सेयरधनी छुट्टिने प्रावधान छैन।

संस्थापक सेयरधनीहरुको पनि सर्वसाधारण सरह कारोबार हुन पाउने भए पछि उत्पादनमुलक क्षेत्रमा संस्थापक सेयरधनीहरुले चाहेमा सजिलै सेयर मूल्य बढाएर बाहिरिन सक्छन्।

नेपाल धितोपत्र बोर्डको नियम अनुसार वास्तविक क्षेत्रका कम्पनीहरुको संस्थापक सेयर तीन वर्ष पछि सर्वसाधारण सरह कारोबार गर्न पाइन्छ। प्राथमिक सेयर निष्काशन गरेको तीन वर्षसम्म संस्थापक सेयर लकिङ हुन्छ। त्यसपछि सर्वसाधारण सरह कारोबार गर्न पाइन्छ।

जलविद्युत कम्पनी, होटल, उत्पादन तथा प्रसोधनमुलक कम्पनीहरुको सेयरमा यो नियम लागु हुन्छ। अहिलेको अवस्थामा सूचिकृत चार वटै होटलको संस्थापक र सर्वसाधारण तर्फको सेयरको मूल्य बराबर रहेको छ।

पछिल्लो तीन वर्षको अवधिम सेयर निष्काशन गरेका बाहेक अन्य कम्पनीहरुको सर्वसाधारण र संस्थापक सेयरको मूल्य एउटै छ।

यस्तो अवस्थामा कतिपय कम्पनीहरुले सर्वसाधारण तर्फको सिमित सेयरले दोस्रो बजारमा भाउ बढाउछन्। यदि संस्थापक सेयरधनीहरुले गलत नियत राखेर सुरुमा कम्पनीको भाउ बढाउने र लकिङ पिरियड खुला भएपछि महँगोमा सेयर बिक्री गरेर बाहिरिन खोजेमा के हुने रु भन्ने अन्योलता नेपालको सेयर बजारमा देखिएको छ।

नेपाल धितोपत्र बोर्डले आफ्ना नियम कानुन बनाउँदा नेपाल राष्ट्र बैंकको बाफिया अनुसार बनाउने गरेको पाइन्छ। नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरुले ऐन मार्फत नै सर्वसाधारण र संस्थापक सेयरको संरचना र कारोबार हुने प्रकृया नै फरक फरक किसिमले तोकेको छ।

तर अन्य क्षेत्रका कम्पनीको नियामक निकाय छैन। ति कम्पनीहरुलाई बाफियाले निर्देशित गर्दैन। यस्तो अवस्थामा बोर्डले त्यस्ता गलत मनासय राख्ने कम्पनीहरुलाई निर्देशित गर्न सक्दैन।

त्यसैले गर्दा बोर्डले आफ्नो कानुन वा कम्पनी ऐनमा बाफियाको जस्तै संस्थापक र सर्वसाधारण सेयर प्रतिको दायरामा केही नियम बनाउनु पर्ने बजार विश्लेषकहरुको सुझाव रहि आएको छ ।

पछिल्लो समय सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई सार्वजनिक शेयर निष्काशन गर्न प्रोत्साहन गर्दै आएको छ। बजेटमा नै एक खर्ब रुपैयाँ भन्दा माथिका कम्पनीलाई अनिवार्य प्राथमिक सेयर निष्काशन गर्नु पर्ने व्यवस्था गरेको थियो।

बजेटको व्यवस्थालाई सहजिकरण गर्दै बोर्डले वास्तविक क्षेत्रका कम्पनीहरुले जम्मा १० प्रतिशत मात्रै सेयर निष्काशन गरे पनि पुग्ने भन्दै नियम बनाएको छ।

यसले नयाँ कम्पनी आउनलाई प्रोत्साहन त गर्ला तर कुनै कुनै कम्पनीहरुले गलत मनासय सहित १० प्रतिशत सेयर निष्काशन गर्ने र लकिङ पिरियड सकिए पछि दोस्रो बजारको मूल्यमै संस्थापक सेयर बिक्रि गरेर लगानी उठाउन सक्ने जोखिम पनि उत्तीकै रहन्छ। यस्ता लुपहोललाई नियमन गर्न बोर्डले केही निर्देशिका बनाउनु पर्ने आवश्यकता छ।

सेयर बजारमा आउनु भनेको एक्जिट गर्नका लागि पनि हो। अन्तर्राष्ट्रिय मान्यता अनुसार संस्थापक र सर्वसाधारण सेयरको नाममा प्रतिबन्ध लगाउन नहुने केहि विश्लेषकहरुको सुझाव छ।

तर विदेशका सेयर निष्काशन गर्दै गर्दा कम्पनीले आफ्ना सम्पूर्ण तथ्याङ्क सार्वजनिक गर्नु पर्छ। उसले सम्पूर्ण वित्तीय विवरणलाई पारदर्शी रुपमा देखाउनु पर्छ।

परिपक्व बजारमा कम्पनीहरुले प्राथमिक सेयर निष्काशन गर्दा नै शेयरधनीहरुको वर्ग छुट्टाएर उनीहरुको सेयर हिस्सा र भोटिङ राइट कसको कति हुने निर्धारण गरिन्छ।

उदाहरणका लागि फेसवुकको सेयरमा मार्क जुकरवर्गको सेयर स्वामित्व भन्दा भोटिङ राइट बढि छ। जुकरवर्गको भोटिङ राइट ७८.९ प्रतिशत रहेको छ ।

उनले सर्वसाधारणलाई सेयर बिक्री गरेपछि तुलनात्मक रुपमा आफुले भोटिङ राइट धेरै लिएका हुन्। त्यस्तै माइक्रोसफटका बिलगेटको पनि सेयर स्वामित्व भन्दा भोटिङ राइट पाँच गुणाले बढि छ।

नेपालका लगानीकर्ता सचेत छैनन्। संस्थापकहरुको मात्रै मनोमानी हुन्छ। नियम बनाउँदा पनि जुकरवर्ग तथा विलगेट जस्ता लगानीकर्ताले मनोमानी गर्छन् भन्ने अनुमान गरिन्छ। साथै नेपालको परिवेसमा मार्क जुकर वर्ग जस्ता लानीकर्ताले वास्तवममै गलत अभ्यास गरेको पनि पाइन्छ।

यसै आधारमा नेपालको ऐन नियम कानुनको परिकल्पना गरिएको हुन्छ। उनीहरुले गलत गर्छन् भन्ने आधारमा बैंक तथा बीमा कम्पनीका नियामक निकायले केही रेष्ट्रिक्सनको व्यवस्था गरेका हुन्।

तर अन्य क्षेत्रका कम्पनीमा नियामकिय नहुँदा नेपाल धितोपत्र बोर्डले त्यस्ता कम्पनीको सेयरमा केही समय लक गरेर पछि खुला गरिएको पाइन्छ।

तर लगानीकर्ताले लुपहोल खोज्दै बदमासी गर्ने गरेको धेरै उदाहरण देख्न सकिन्छ। केहि उत्पादनमुलक कम्पनी तथा जलविद्युत कम्पनीहरुले थोरै मात्रै सेयर निष्काशन गर्ने गर्छन। थोरै सेयरबाट दोस्रो बजारमा भाउ बढाउने र लकिङ अवधि खुलेपछि ‍केहि प्रतिशत सेयर महँगोमा बिक्री गरेर लगानी नै उठाउन सक्ने अवस्था रहको ट्रेन देखिन्छ।

जव उनिहरुले सेयर बेचेर बाहिरिन्छन् त्यसपछि दोस्रो बजारमा कम्पनीको सेयर मूल्य घट्न थाल्छ। यस्ता लुपहोललाई न्युनिकरण गर्न कि त लगानीकर्ता सचेत हुनु पर्छ कि त नियामकिय निकायले बैंक तथा वित्तीय संस्थाहरुको जस्तै नियम कानुन बनाउनु पर्छ।

नेपालको जस्तो अपरिपक्व बजारमा संस्थापक सेयरधनी नहुँदा कम्पनीको सञ्चालक कम जिम्मेवार हुने र कम्पनीले राम्रो काम गर्न नसक्ने अवधारणाका साथ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको सेयर संरचनामा संस्थापक र सर्वसाधारणको मोडालिटी बनाइएको हो।

आर्थिक वर्ष २०६३र६४ सम्म नेपाल स्टक एक्सचेन्जमा संस्थापक सेयरको खरिद बिक्री नगन्य मात्रामा हुने गरेको थियो। कारोबार नहुनुको कारण कडा नियम र पूँजीगत लाभकार बढी भएकोले पनि संस्थापक सेयर खरिद बिक्रीमा लगानीकर्ताले खासै चासो राख्ने गरेका थिएनन्। तर आर्थिक वर्ष २०६३/०६४ पछि संस्थापक सेयर खरिद बिक्रीमा नियम र पूँजीगत लाभकर केही खुकुलो भएपछि संस्थापक सेयर खरिद बिक्रीमा लगानीकर्ताको चासो बढेको छ ।

कसरी हुन्छ त कारोबार ?

संस्थापक सेयरको कारोबार कसरी गरिन्छ ? । नेपाल राष्ट्र बैंक नियामक निकाय रहेको कम्पनीका हकमा संस्थापक सेयर खरिद बिक्री गर्न सबैभन्दा पहिले कुनै एक कम्पनीको संस्थापक सेयरधनीले आफ्नो कम्पनीमा संस्थापक सेयर बिक्री गर्न चाहेको विवरण सहित निवेदन दिनुपर्छ। निवेदन दिएपछि कम्पनीले त्यो निवेदन संञ्चालक समितिमा लैजान्छ।

संञ्चालक समितिले उक्त निवेदनमा स्वीकृति दिएपछि कम्पनीले पहिले त्यो सेयर किन्न आफ्नै अन्य संस्थापकलाई प्राथमिकता दिन्छ। जसका लागि कम्पनीले ३५ दिने सूचना जारी गर्छ। कम्पनीले ३५ दिने सूचना जारी गरेपछि सोही कम्पनीका संस्थापकले खरिद गर्न चाहेको निवेदन परे उसलाई पहिलो प्राथमिकता दिइन्छ।

तर कसैले पनि निवेदन नदिए कम्पनीले गैर संस्थापक व्यक्तिलाई संस्थापक सेयर खरिद गर्न अनुमति दिन्छ । संस्थापक सेयर दुई प्रतिशत भन्दाबढी भए कम्पनीले नेपाल राष्ट्र बैंकसँग पुनस् अनुमति माग्छ। दुई प्रतिशत भन्दा कम भए कम्पनीले नै खरिद बिक्री गर्ने निर्णय गरिदिन्छ।

संस्थापक सेयर खरिद गर्न चाहनेले पनि सबैभन्दा पहिला कम्पनीमा निवेदन दिनुपर्छ। खरिदकर्ताले निवेदनमा आफु संस्थापक सेयर खरिद गर्न योग्य भएको प्रमाण साथै बुझाउनु पर्छ।

जसमा आफुले लगानी गर्न लागेको रकमको आय स्रोत विवरण, गत आर्थिक वर्ष सम्मको आयकर दाखिला भएको चुक्ता प्रमाण पत्र र कर्जा सुचना केन्द्रको कालोसूचीमा नपरेको प्रमाण दिनुपर्छ।

संस्थापक सेयर बिक्रीकर्ता र खरिदकर्ताको दुवैको निवेदन र कागजपत्र ठिक भए कम्पनीले नेपाल धितोपत्र बोर्डलाई जानकारी पठाउँछ। साथै कारोबारका लागि कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँछ।

सबै प्रक्रिया पुगे पछि खरिदकर्ता र बिक्रीकर्ताको मध्यस्थतामा ब्रोकरले नेप्से मार्फत कागजी कारोबार गरेर खरिद बिक्री सम्पन्न गर्छन्।

प्राइम लाइफ इन्स्योरेन्सका संस्थापन सेयर धनीहरूले सेयर बिक्री गर्ने भएका छन। संस्थापक सेयर बिक्री गर्न कम्पनीमा आवेदन दिएकाहरूको सेयर बिक्रीको लागि कम्पनीले राष्ट्र बैंकमा पत्र पठाइ पुर्व स्वीकृति लिनु पर्दछ । राष्ट्र बैंकबाट त्यस्तो अनुमति पाएपछि कम्पनीले संस्थापन सेयर धनीलाई सेयर खरिद गर्न सुचना निकाल्छ।

अनि संस्थापक सेयरधनी मध्येले सो सेयर खरिद गर्छन। यदि सेयर बिक्री भएन भने दोस्रो चरणमा राष्ट्र बैंकले संस्थापन सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिन्छ। यसरी संस्थापक सेयर बिक्री गर्न लम्वेतान प्रोसेस पूरा गर्नु पर्दछ।

तर संस्थापन सेयरको मोटिङ राइट भने बढी हुन्छ। संस्थापक सेयर धनी सञ्चालक समितिमा निर्वाचित हुन सक्ने सम्भावना हुन्छ।

 

IME Lifesidebar
kumari