stcnepal long ad
ime life insurance
national life
global ime bank long

शेयर बजार,लगानीकर्ता र यसको बजार ट्रेन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

नेपालको धितोपत्र बजार कहिल्यै पनि धेरै माथि जान सकेको छैन। अहिले सम्म नेप्से तीन हजार तीन सयको हाराहारीमा मात्र पुग्न सकेको छ । शेयर बजारमा लगानी गर्दा कम्पनीको नेटवर्थ अनुसारको बजार मूल्य तय हुनुपर्ने हुन्छ । त्यसको अभ्यास नेपालमा भएको देखिदैन ।

कुनै एउटा कम्पनीको बुक भ्यालु १२५ रुपैयाँ छ भने त्यसको मूल्य ८ सयभन्दा माथि हुने र १३५ रुपैयाँ बुक भ्यालु भएको कम्पनीको शेयर मूल्य ४ सय भन्दा तल रहेको अवस्था नेपालमा विधमान रहेको छ ।

यो कतैबाट पनि मेल खाने कुरा होइन। धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्तामा अध्ययनको धेरै कमी देखिन्छ । लगानीकर्ताहरू अध्ययन भन्दा पनि होहल्ला र लहैलहैमा दोस्रो बजारमा लगानी गरिरहेका छन्।

धितोपत्र दलाल कम्पनीहरूले लगानीकर्तालाई लगानीको अवस्था,ट्रेन र उतार चढाबका बारेमा बुझाउनु पर्नेमा त्यो काम नगरेको देखिन्छ । त्यसका साथै विज्ञहरुले धितोपत्र बजारलाई निर्देशित गरेका छैनन् । शेयर बजारमा लगानी गर्दा कम्पनीको बुक भ्यालुको करिब ३ गुणासम्म पनि मूल्य हाल्नुपर्छ ।

त्यसैगरी सूचीकृत कम्पनीले लगानीकर्तालाई दिँदै आएको प्रतिफलका आधारमा मूल्य निर्धारण हुनुपर्छ । यस्तो आधारमा धितोपत्र बजार सूचक २ हजार पुगोस् वा ६ हजार त्यसलाई स्वीकार गर्नुपर्छ । तर, अहिले त्यस्तो हुन सकेको छैन ।

अहिले थोरै शेयर संख्या भएको कम्पनीको धितोपत्रलाई कर्नरिङ गरेर मूल्य बढाइएको छ । बोनस शेयर,हकप्रद शेयर जारी गरेर चुक्ता पुँजी बढाइन्छ र धेरै फाइदा हुन्छ भनेर लगानी गर्नेहरू बढेका छन। यसरी लगानी गर्दा शुरूमा मुनाफा गर्ने फाइदा त लेला तर लगानीकर्ताको दिर्धकालीन हित वा फाइदा गर्दैन।

अहिले शेयर बजार आधारभूत रुपमा चलेको देखिदैन । यसका लागि अब लगानीकर्ताले नै सोचेर,अध्ययन गरेर लगानीको निर्णय गर्नु पर्दछ,नत्र फस्न सकिन्छ । नेपाल विधुत प्राधिकरणले पिपिए गर्न तयार नभएको जलविद्युत कम्पनीको शेयरमूल्य माथि जानुपर्ने अवस्था होइन,तर मूल्य बढेको छ।

शेयर बजारमा लगानी गर्दा प्राइस टु बुक भ्यालु, प्राइस टु प्रोफिटाबिलिटी र कम्पनीको गुडविललाई विशेष ध्यान दिनुपर्ने हुन्छ । तर हामीकहाँ ठीक उल्टो कार्य भईरहेको छ ।

अहिले शेयर लगानीकर्ताले गरेको आन्दोलन बजार घट्यो भनेर मात्र भएको होइन । यो खुला बजार अर्थतन्त्रसँग पनि सम्बन्धित छ। खुला बजार अर्थतन्त्र भन्ने अनि सानो भन्दा सानो विषयमा पनि क्याप लगाएकाले त्यसलाई सच्च्याइनुपर्ने माग गर्दै आन्दोलन भएको हो ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा तोक्यो । त्यसैगरी नेपाल धितोपत्र बोर्डले कमजोर कम्पनी भनेर ५१ कम्पनीको सूची सार्वजनिक गर्यो । यस्तो अवस्थामा शेयर बजारलाई तर्साउने गरी नीतिगत परिवर्तन भएकाले लगानीकर्ता आन्दोलित भएका हुन ।

बजार प्राकृतिक रुपमा घट्दा आन्दोलन हुनु हुँदैन । तर, सरकारले नीतिगत परिवर्तन गरेर बजारलाई प्रभावित बनाउँछ भने आन्दोलन हुनु स्वभाविक हो । सरकारले पनि धितोपत्र बजारसँग सम्बन्धित नीति परिक्षण गर्ने गरी छोटो अवधिका लागि नभई निश्चित समयका लागि ल्याउनुपर्ने हुन्छ ।

त्यसो भएको खण्डमा बजारमा स्थीरता आउँछ । बजार बढेको खण्डमा नीतिगत परिवर्तन गरेर घटाउन खोज्दा स्वभावैले लगानीकर्ताको मनोबल कमजोर हुन जान्छ ।

चार करोडको सीमा लाग्ने व्यक्ति एक हजार जना जति होलान् । यो एक हजारले बजारको करिब ३० प्रतिशत हिस्सा ओगटि राखेका छन् । उनीहरु नै बजारबाट बाहिरएपछि त्यसको असर बजारमा पर्नु स्वभाविक हुन्छ । तर बजार चलाएको ती एक हजार लगानीकर्ताले मात्र होइनन् । उनीहरु बजारबाट बाहिरिँदा झड्का लागेको भने हो ।

एकपछि अर्को गर्दै धितोपत्र बजारका नकारात्मक कुराहरु बाहिर आएको हुनाले पनि बजार करेक्सन भएको हो । धितोपत्र बजारमा सरकारी क्षेत्रबाट हस्तक्षेप नभएको भए नेप्से ४ हजारसम्म पुग्ने सम्भावना थियो । आगामी दिनमा बजार सुस्त गतिले बढ्नुको विकल्प छैन । पछिल्लो समयमा बजारमा लगानी गर्दा अध्ययन तथा विश्लेषण सुरु भएको देखिन्छ । अहिले कम्पनीको आधारभूत विश्लेषण गरेर पनि लगानी भएको छ । त्यसका साथै कर्नरिङ मार्फत मूल्यमा चलखेल गर्ने अभ्यास पनि भएको देखिन्छ ।

नेपालको पुँजी बजार सानो छ । धितोपत्र बजारमा लगानी गर्ने ६० प्रतिशत लगानीकर्ता काठमाडौं भित्रका मात्र छन् । लगानीकर्ताले शेयर कारोबार गर्ने माध्यम भनेको ५० वटा ब्रोकर मात्रै हुन। सबै लगानीकर्ताले ब्रोकरहरुसँग सम्पर्क गर्छन् ।

त्यसले सहज रुपमा सूचना आदान प्रदान हुन्छ । काठमाडौं भनेको शेयर बजारको चौतारीको रुपमा रहेको छ । चौतारीमा भएको छलफलले शेयर बजार स्वभावैले प्रभावित हुने देखिन्छ ।

 

prabhu mahalaxmi
kumari