kumari bank
Prabhu Insurance
stcnepal long ad

विष्णु इङ्नाम लिम्बूको नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक 

काठमाडौं । गीतकार विष्णु इङ्नाम लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । लामो समयदेखि हङकङमा बस्दै आएका गीतकार इङ्नामले यसपटक हङकङकै परिवेशलाई समेटेर ‘हङकङ सिटी’ बोलको गीत तयार गरेका छन् । जुन गीतको भिडियो सोमबार गीतकार इङ्नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘हङकङ सिटी’ गीतको भिडियोलाई पछिल्लो समय व्यस्त निर्देशनमा रहेका रणवीर शेर्मा ९रवि शेर्मा०ले निर्देशन गरेका हुन् । नेपालमै छायांकन गरिएको भिडियोमा तान्छोहाङ इङ्नाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनले अभिनय गरेका छन् ।

‘हङकङ सिटी’मा स्वर तथा संगीत साक्थिम योङ्याको रहेको छ । चन्दु गोर्खालीको एरेञ्ज, सामुइल लामाले नृत्य निर्देशन रहेको छ भने छायाँकन र सम्पादन इशक जबेगुले गरेका हुन् ।

गीतसंगीतप्रति लगाव राख्दै आएका गीतकार इङ्नामको यो पछिल्लो गीतको भिडियो हो । यसअघि उनका थुप्रै गीत तथा भिडियो दर्शक तथा श्रोतमाझ आइसकेको छ ।


२६ असोज २०७८, मंगलवार १०:४५ बजे प्रकाशित

nabil bank