stcnepal long ad
ime life insurance
national life
global ime bank long

पिउने बानी भो बोलको म्युजिक भिडियो सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मिठो भाकाको सेन्टीमेन्टल गीत म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।
निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पिउने बानी भो बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ।

प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसि र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्ण प्रसाद राजघतानीले अभिनय गरेका छन् ।

एसजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेममा धोका पाए पनि प्रेकिालाई विर्सन नसकेको प्रेमीको कथा छ। करण चैसिरको छायाँकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन् ।

prabhu mahalaxmi
kumari