stcnepal long ad
global ime bank long

सञ्चार प्रविधिको फड्को

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

–रमाकान्त शर्मा

ति पो भयो र– कटुवालले घोक हाली ‘लौ आज बाटो खन्न सबै कुरियाबाट एक–एकजना ठूलो चौतारामा जम्मा हुनू है’ भनेको । विद्यालयका लागि श्रमदान गर्न होस्, सरकारी अड्डाबाट विशेष काम लिएर आएको व्यक्तिको सूचना पु¥याउन होस् वा बालबालिकालाई खोप लगाउन किन नहोस्, सबैलाई सूचना गर्ने माध्यम कटुवाल नै थिए त्यतिबेला ।

अहिलेका बालबालिकाले कहाँबाट सुन्न पाउनु त्यस्तो कटुवालको सन्देश । हुलाकीले झोलामा चिट्ठीको पोको बोकेर गाउँ तथा टोलमा घुम्दा कसको पत्र आए होला ? रजिष्टर होला कि साधारण ? के खबर होला ? भनेर हुने कौतूहल पनि त आजकल छैन ।

सूचना तथा सञ्चार प्रविधिमा कहाँबाट कहाँ पुगियो यति छोटो अविधिमा १ इतिहासकार तथा दार्शनिक युवक नोहा हरारीले भनेका छन्– १९५० सम्ममा मानव जातिले जति ज्ञान जगेर्ना ग¥यो, त्यसको दोब्बर ज्ञान १९५० देखि २००० सम्म आइपुग्दा आर्जन ग¥यो ।

हुन त आधुनिक अध्ययन अनुसन्धान, ज्ञानको प्रणालीबद्ध खोजी हुन थालेको पनि त जम्मा पाँच सय वर्ष न भयो । त्यसभन्दा पहिलाको अवस्थामा मान्छेले सँगालेको ज्ञान, अनुभव र त्यसले ल्याएको परिवर्तन निकै सीमित थियो ।

पहिलो पटक गाउँबाट जिल्ला सदरमुकाम पुगेका जोसुकैलाई आवाघर पुग्न र हेर्न मन लाग्थ्यो । आवाघरको बाहिरै सुनिन्थ्यो तुरुन्तको तु. आइजको आ. तथा तु.आ. ।

लाग्थ्यो– यहाँ बोलेको कहाँ–कहाँ टाढा रहेकाले कसरी सुन्छन् होला रु रेडियो सुन्न लाहुरेको तथा गाउँको सम्पन्न व्यक्तिको घरमा जम्मा भएको भीड पनि त देखेकै हो । बोलेकोमात्र होइन, कहाँ–कहाँ के–के भयो ?

समाचारमा आँखाले नै देख्न पाइने टेलिभिजन आयो रे भन्ने सुन्न नपाउँदै सहरका घरका छतहरूमा भ¥याङजस्ता एन्टेना तेर्सिए । घरका बैठक कोठाहरूमा दूरदर्शनमा प्रसारण हुने महाभारत हेर्न लागेको भीड ।

पटक–पटक झ्यारझ्यार र झुरझुर, एन्टेना मिलाउन छततर्फको दौड । त्यतिमा कहाँ रोकिनु रु २०४२ सालमा नेपाल टेलिभिजन सुरु भएपछि टेलिभिजन गाउँगाउँमा पुगे । बेलुकी टेलिभिजन हुने घरको आँगनमा समेत हेर्नेको भीड भएको पनि त भर्खरैजस्तो लाग्छ ।

दूरसञ्चार अफिसमा भएका टेलिफोन बुथ–बुथमा पालो पर्खन लागेका लाइन, अगाडि पुगेको मान्छेले सिसाभित्रको काउन्टरको कर्मचारीलाई दिएको चिटको नम्बरमा डायल, घरै टेलिफोन डायलको आवाज र हेलो–हेलोको आवाज । विदेश वा टाढा भएका आफन्तसँग कुरा गर्न पाउँदाको त्यो खुसी ।

सहरमा खुलेका छ्याप्पछ्याप्ती पीसीओ (पब्लिक कम्युनिकेसन अफिस) आज कता हराए ? वर्षौंको क्यु (प्रतीक्षा सूची) बाट ल्यान्डलाइन टेलिफोन पाएर घरमा जोड्दाको दिनको खुसी ।

आज तिनै ल्यान्डलाइन टेलिफोन घरको कुन कुनामा धूलाले पुरिएका छन्, आजकल घण्टी बज्न पनि पातलो भयो । अफिस तथा घरमा राखिएको ल्यान्डलाइन फोनमा आएको म्यासेज (सन्देश) सडकमा हिँडदै गरेको व्यक्तिको कम्मरमा बाँधेको डिभाइसमा पु¥याउने पेजर, धेरै चल्नै नपाई लोप भयो ।

सुरुमा खल्तीमा बोकेर हिँड्न मिल्ने, तार नचाहिने मोबाइल फोन आउँछ रे भन्ने सुन्दा विश्वाससमेत लागेन । विश्वास नलाग्दानलाग्दै, हेर्दाहेर्दै जोसुकैले खल्तीमा मोबाइल बोकेर हिँड्ने कुरा सामान्य भयो ।

त्यतिमा मात्र कहाँ रोकियो र एन्ड्रोइड मोबाइल, थ्रीजी र फोरजीले त जादु नै गरिदियो । जापान, कोरिया वा अमेरिका पुगेको छोरासँंग गाउँमा रहेकी बूढीआमाले कस्तो दुब्लाएको, अनुहार किन मलिनो छ भन्दै गफ गर्नेमात्र होइन, लन्डनमा जन्मेको बच्चाको नेपालमा भएको पुरेतले साँस्कृतिक प्रक्रिया पूरा गरी न्वारन गराउने र नाम राख्ने पनि आश्चर्यको कुरा भएन ।

हाम्रो पुस्ता तथा सन् २००० भन्दा पहिला नै युवा भइसकेकाले सूचना तथा सञ्चार प्रविधिको विभिन्न पुस्ता प्रयोग गर्ने मौका पायौँ । आवाघरको बाहिर ट्वाँ परेर हेर्ने पनि यही पुस्ता, फोरजीको प्रयोग गर्ने पनि यही पुस्ता ।

सन् २००० पछि जन्मेका, आमाको दूध चुस्ताचुस्तै आमाको डिजिटल मोबाइल देखेका, चलाएका, डिजिटल संसार मातृभाषा जस्ता भएका (डिजिटल नेटिभ) पुस्ताले पहिलो पुस्तालाई केही नजानेका, सधैँ थोत्रा कुरामात्र गर्ने भन्नु स्वाभाविकै पनि हो ।

जे भए पनि यही डिजिटल नेटिभ पुस्ता तथा घरमा भएका बालबालिकाले आफ्नो समयमा संसार पिटेका, आफ्नो क्षेत्रमा कहलिएका हजुरबा र हजुरआमाहरूलाई सिकाइ रहेछन् डिजिटल संसार ।

सोसियल मिडिया (सामाजिक सञ्जाल) ले हाम्रो आनिबानी खानपिन र सोचाइमा समेत अकल्पनीय परिवर्तन ल्याइसके । परम्परागत मिडियामा सीमित व्यक्ति र संस्थाका मात्र समाचार समेटिन्थे । सोसियल मिडियाले गर्दा हरेक व्यक्तिका समाचार र स्टोरी (कथा–सन्दर्भ) हरू क्षणक्षणमा प्रसारण भइरहेका छन् ।

आमाको कोखबाट पृथ्वीमा पदार्पण हुन नपाउँदै, नाभी काटिन बाँकी हुँदै उसको तस्बिर भाइरल भइसक्छ । चाहे सुखका हुन् चाहे दुःखका, हरेकले आफ्ना स्टोरीहरू प्रसारण गरिरहेका छन्– फेसबुक मार्फत । हरेकले आफ्नो विचार राखिरहेका छन् र अरूको विचारमा तीखो प्रहार गरिरहेको छन्– ट्वीटर मार्फत ।

इन्स्टाग्राम मार्फत फोटोग्राफर हुने र टिकटक मार्फत अभिनय कलाकार हुने, भाइरल हुने धुनमा लागिरहेका छन्– नयाँ पुस्ता । गाई, भैँसीको दूध यति माना र उति माना, उत्पादित धान यति पाथी र यति मुरीको हिसाब राख्नेका छोराछोरीले ‘लाइक र भ्युज’को हिसाब–किताब गरिरहेका छन् ।

परम्परागत मिडिया तथा रेडियो, टेलिभिजन, पत्रपत्रिकाले पनि सञ्चार जगत्मा आफ्नो समयमा क्रान्तिनै ल्याएका हुन् । अहिले प्रचलनमा भएका सोसियल मिडियाले व्यक्ति, व्यक्तिका स्टोरीहरू, समाचारहरू, घटना दुर्घटनाहरू प्रसारण गर्न तथा अन्यलाई जानकारी गराउन निकै उपयोगी भएका त छँदै थिए ।

हरेक समस्याले नयाँ सम्भावना बोकेर ल्याउँछ, कालो बादलमा चाँदीको घेरो हुन्छ भनेजस्तो कोभिड–१९ को महामारीले निम्ताएको बन्दाबन्दीले पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक पार्न सहयोग ग¥यो ।

घरमा थुनिएर बस्नुपर्ने अवस्थामा पनि विभिन्न इन्टरनेटका सेवाप्रदायक तथा साइटहरूले दिएका सुविधा प्रयोग गर्दै वर्क फ्रम दी होम (घरबाट अफिसको काम), छरिएका व्यक्तिबीचमा बैठक, छलफल अन्तरक्रिया प्रत्यक्षभन्दा सहज भए ।

निकै कम खर्चमा ठुल्ठूला बैठकहरू सम्पन्न भए । जुम, गुगल मिट, स्काइप, फेसबुक म्यासेन्जरजस्ता साइटले आफ्ना विगतदेखिका प्रविधिमा प्रयोगकर्ता मैत्री बनाउन परिमार्जन र सुधार गरे, अझै प्रयत्न गरिरहेका छन् । आवश्यकता अनुसार सुविधा थप्दै गएका छन् ।

गुगल मेल र सर्च इन्जिनका लागि त प्रख्यात छँदै थियो । महामारीको समयमा गुगलले पनि गुगल क्लास र गुगल मिटका सुविधाहरू थप्ने र प्रयोगकर्तालाई सहज बनाउने कार्य ग¥यो ।

विगतमा त्यति नाम नसुनिएको जुमले गुगलसँग प्रतिस्पर्धा गर्दै झनै धेरै सुविधा दियो । सीमित भए पनि आफ्ना सेवा निःशुल्क बनाउने र सुविधा थप्नेमा प्रतिस्पर्धा नै भयो ।

विगतमा सीमित विश्वविद्यालय र शिक्षण संस्थाले, सहर–बजारमा मात्र दूरशिक्षा तथा खुला शिक्षाका लागि प्रयोग गरिने स्काइप, गुगल क्लास, जुम मिटिट्ट कोरना महामारीले गाउँ–गाउँ पु¥यायो ।

कक्षा एकमा पढ्ने बच्चाले घरको आँगनको डिलमा ढुङ्गामा बाबुआमाको मोबाइल अड्याएर आफू आँगनमा बिछ्याएको गुन्द्रीमा सुतेर ‘मिस यो फेरि भनिदिनु न, लेखेको देखिएन, अलि ठूलो गरी देखाइदिनू’ भनेर पढेकोसमेत देखियो ।

विभिन्न सङ्घ संस्थाले कोभिड महामारीमा आफ्ना छलफल, अन्तरक्रिया, बैठक जुममार्फत सञ्चालन गरे । साथीहरू बीचमा भेटघाट गर्ने आफ्ना मनका कुराहरू अरूलाई सुनाउने, अरूका कुराहरू सुन्ने कार्यलाई जुमले सहययोग पु¥यायो ।

युवल नोहा हरारीले भनेझैँ सूचना तथा सञ्चार प्रविधि तथा कृत्रिम बौद्धिकतामा आफुलाई अपडेट (अद्यावधिक) गर्न नसक्ने व्यक्ति प्रयोजनविहीन, निकम्मा हुने अवस्था आउन थालिसक्यो ।

भोलि कति परिवर्तन हुने हो रु कस्तो परिवर्तन हुने हो रु कसैले आँकलन गर्न तथा भविष्यवाणी गर्न सक्ने अवस्था छैन । भोलिको तयारीका लागि आजसम्मको सूचना तथा प्रविधिमा भएका विकासका बारेमा जानकारी पाउनु पर्ने तथा न्यूनतम पनि डिजिटल साक्षर हुनु अति नैआवश्यकता छ ।(लेखक शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख हुनुहुन्छ ।)

IME Lifesidebar
kumari