stcnepal long ad
global ime bank long

चौथो हिमालय ट्राभल मार्टका लागि ४० देशका होटल, ट्राभल तथा पर्यटन व्यावसायीहरु नेपाल भ्रमणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चितवन । बढी भन्दा बढी विदेशी पर्यटकलाई नेपाल भित्राउने उद्देश्यले यही जुन ६ देखि ९ तारिकसम्म काठमाण्डौंमा हुन लागेको चौथो हिमालय ट्राभल मार्टका लागि ४० देशका होटल, ट्राभल तथा पर्यटन व्यावसायीहरु नेपाल भ्रमणमा आएका छन् ।

प्यासिफिक एसियन ट्राभल एसोसियसन -पाटा_ नेपालको आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको हिमालयन ट्राभल मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम र पाटा इन्टरनेशलको सहकार्यमा हुन लागेको मार्टमा ५० भन्दा बढी नेपाली पर्यटकीय केन्द्र, होटल तथा पर्यटकीय गतिविधि सम्वन्धी स्टलहरु राखिने छन् ।

नेपालमा विदेशी पर्यटकहरु भित्राउन महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यले आयोजना गर्न लागिएको हिमालय ट्राभल मार्टको पूर्वसन्धामा ट्राभल तथा पर्यटन व्यवासायीहरुलाई चितवनको वाइल्डलाइफ टुरिजम, पोखरा र काठमाडौं तथा भक्तपुर क्षेत्रका विभिन्न पर्यटकीय ठाँउहरुको अवलोकन भ्रमण गराइएको छ । यसलाई ‘गोल्डेन ट्रयाङ्गल फार्म ट्रिप’ नाम दिइएको छ ।

चितवनको सौराहामा २२ देशका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीहरुले दुई दिनसम्म बसेर यहाँको हस्पिटाली तथा निकुञ्ज र आसपासको क्षेत्रको भ्रमण गरी जानकारी लिएको पाटा नेपालका सदस्य हिम्मत पुरीले जानकारी दिए ।

‘नेपालबाट जसरी विदेश घुम्ने बारेमा यहाँका पर्यटन तथा ट्राभल एजेन्सीहरुले प्रचारप्रसार गर्छन्, त्यसैगरी विदेशी एजेन्सीहरुले पनि नेपाल लैजान प्रचारप्रसार गरुन् भनेर मार्टको आयोजना गरिएको हो,’ पाटा नेपालका सदस्य पूरीले भने, ‘उनीहरूले यहाँका होटल, पर्यटकीय क्षेत्रका बारेमा जानकारी लिएर विदेशी पर्यटक नेपाल पठाउन भूमिका खेल्छन् ।’

सीमा पार पर्यटनका लागि अनुभव साट्ने र नेपालका पर्यटकीय गन्तब्यहरूका बारेमा नजिकबाट विदेशी पर्यटन क्षेत्रका प्रतिनिधिलाई बुझाउने अवसरका रुपमा यसलाई लिइएको उनको भनाइ छ ।

सौराहामा चरा विज्ञ बासु विडारीले चितवन र यस आसपासका क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराहरुका बारेमा ट्राभल एजेन्सीका प्रतिनिधिहरू समक्ष प्रस्तुतीकरणसमेत दिएका थिए ।

IME Lifesidebar
kumari