prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

हिमाल आरोहण गर्न हालसम्म २५ देशमा ५३ जना आरोहीले अनुमति लिए

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न हालसम्म २५ देशमा ५३ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्ममा पाँचवटा हिमाल आरोहणका लागि ५३ जना आरोहीले अनुमति लिएका हुन् । जसमध्ये ३६ जना पुरुष र १७ जना महिला छन् ।

आरोहण अनुमति शुल्क बापत एक करोड ३६ लाख चार हजार ७३० रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाले यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीको सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आरोहणका लागि आइरहेका चासोले यस वर्ष सगरमाथामा नयाँ रेकर्ड कायम हुन सक्ने देखिएको छ । यो सिजनमा आरोहणका लागि खुला गरिएका हिमालमध्ये सगरमाथामा अघिल्ला वर्षको रेकर्ड टुट्न सक्छ ।”

यो  सिजनमा अन्नपूर्ण हिमालको आरोहणका लागि सबभन्दा धेरै ३४ जनाले अनुमति लिएका छन् । त्यस्तै पाङ्गी गोल्डुङ्बा आरोहणका लागि छ जना, थोरोङ पिक आरोहणका लागि पाँच जना, मनासलु आरोहणका लागि छ जना र सुर्मा सरोवर आरोहणका लागि दुई जनाले अनुमति लिएको उहाँले बताउनुभयो ।

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै दक्षिण कोरिया र जापानका छ, छ जना रहेका छन् । त्यसैगरी अमेरिकाबाट पाँच, भारत र नर्वेबाट चाररचार, बेलायतबाट तीन जना, चीन, फ्रान्स, म्यासिडोनिया, पाकिस्तान रोमानियाबाट दुईरदुई जनाले आरोहण अनुमति लिएका छन् । अन्य १४ देशबाट एकरएक जना आरोहण अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२२ को वसन्त ऋतुमा सबभन्दा  बढी ४५८ जनाले विभिन्न  हिमालको आरोहण गरेका थिए । उक्त समयमा नेपालसहित ७४ देशका १२३ समूहका ९८६ जनाले अनुमति लिएका थिए ।

सन् २०२२ मा आरोहणका लागि खुला गरिएका २७ हिमालमध्ये वसन्त ऋतुमा १४ हिमालमा मात्रै सफल आरोहण भएको थियो ।

उक्त १४ हिमालमध्ये सबभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका थिए । सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

९ चैत २०७९, बिहीवार ०७:११ बजे प्रकाशित

NTA long ad
stcnepal long ad