prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

एक अभिकर्ता ‘एक बीमा कम्पनी’ नीति लागू

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकजना बीमा अभिकर्ताले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

बीमा ऐन, २०७९ को दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ ।

बीमा ऐन, २०७९ को उक्त व्यवस्था अनुसार प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेको हो । उक्त व्यवस्था लागू भएसँगै अब एक व्यक्तिले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्न पाउने छैन ।

प्राधिकरणका अनुसार फागुनसम्ममा बीमा अभिकर्ताको संख्या २ लाख ५६ हजार ३२२ पुगेको छ । तीमध्ये ५ हजार ४५ अभिकर्ता समान किसिमका एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध छन् ।

प्राधिकरणका अनुसार समान किसिमको व्यवसाय गर्ने दुई बीमा कम्पनीमा आबद्ध अभिकर्ताको संख्या ४ हजार ८ सय ४७, तीन कम्पनीमा आबद्ध १ सय ७८, चार कम्पनीमा आबद्ध १६, पाँच कम्पनीमा २ र १० कम्पनीमा आबद्ध २ जना छन् ।

बीमा प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै नवीकरण गर्दा अब समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध अभिकर्ताले अनलाइनमार्फत एउटा मात्र कम्पनी छान्न पाउनेछन् ।

अभिकर्ताले मोबाइलमा प्राप्त हुने वान टाइम पासवर्ड (ओटीपी) मार्फत कम्पनी छनोट गरी नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्राधिकरणले बीमा ऐनमा भएको एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था कार्यान्वयनसँगै अभिकर्ता, बीमा कम्पनी र प्राधिकरणलाई सबैलाई फाइदा हुने बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

९ चैत २०७९, बिहीवार ०७:१४ बजे प्रकाशित

NTA long ad
stcnepal long ad