stcnepal long ad
ime life insurance
global ime bank long

न्यारोबडी जहाजबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल वायु सेवा निगमले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएको घटनाबारे छानबिन गरी सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरिएको जनाएको छ ।

उक्त घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने गरी निगम व्यवस्थापनले ‘क्वालिटी एस्सुरेन्स डिपार्टमेन्ट’ का निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन उपसमिति गठन गरी समितिले आफ्नो काम सुरु गरिसकेको निगमले हिजो बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको आरए–४०२ बैंकक काठमाडौँ नियमित उडानमा रहेको न्यारोबडी नाइनएन एकेडब्लु विमान १ अप्रिल २०२२ सुवर्ण भूमि विमानस्थलबाट ‘टेक अफ’गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपछि पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक जाँच गरिएको थियो ।

थाई एयरवेजका प्राविधिक टिमको सुझाव फेर्नुपर्ने पाङ्ग्रा कतार एयरवेजको विमान मार्फत २ अप्रिल २०२२ को उडानबाट पठाई ३ अप्रिलको बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको थियो ।

रद्द गरिएको उक्त उडानका १४१ यात्रुलाई निगमको नियमित उडानबाट ४ अप्रिल २०२२ मा काठमाडौँ ल्याइसकिएको छ । मर्मत सम्पन्न भएको उक्त विमान निगमको नियमित उडानका रूपमा ६ अप्रिलमा काठमाडौँ अवतरण गरिसकेको पनि निगमले जनाएको छ ।

prabhu mahalaxmi
kumari