stcnepal long ad
ime life insurance
global ime bank long

सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ ।सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ । खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको भन्दै सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले जापान, अस्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरूले वार्षिक रूपमा करिब १ खर्ब ९७ अर्ब खर्च गर्ने गरेको जनाएको छ । सातवटै प्रदेशमा सरकारी मेडिकल स्थापना गर्न सकेमा सो रकम स्वदेशमै रहने भएकाले पनि मेडिकल कलेज स्थापना गर्नु आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले निजी क्षेत्रका मेडिकल कलेजलाई पनि सँगसँगै लिएर जानेसमेत बताएका छन् । ‘निजी क्षेत्रलाई विस्थापित गर्ने भन्ने होइन, मेडिकल कलेजलाई पनि सँगै लिएर जाने सरकारको नीति छ,’ उनले भने ।

मन्त्री पौडेलले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेको बताउ्रँदै निजी क्षेत्रलाई सँगै लैजान सीटीईभिटीलाई सबै स्थानीय तहमा पु¥याउने गरी तत्काल काम सुरु गर्नुपर्नेसमेत बताएका छन् ।

सीटीईभिटीलाई पनि सबै स्थानीय तहसम्म पु९याउने कामलाई तत्काल अघि बढाउने निर्णय भएको उनको भनाइ छ । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari