stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सामाजिक सुरक्षा कोषमा होटल संघद्वारा कर्मचारीलाई सूचीकृत गराउन निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । होटल संघ नेपालले ३० दिनभित्र आफ्ना कामदार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ ।

संघको कार्यसमिति बैठकले संघमा आबद्ध होटलहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने निर्णय गरेको महासचिव साजन शाक्यले जानकारी दिएका छन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १९ र २० मा व्यवस्था भए बमोजिम श्रमिकलाई कोषमा सूचीकृत गराउने दायित्व सम्बन्धित रोजगारादता र प्रतिष्ठानकै हो भन्ने स्पष्ट रहेको भन्दै संघले तत्कालै रोजगारदाताले होटलले आफ्ना श्रमिकलाई कोषमा सूचीकरण गराउने निर्णय गरेको छ ।
योजनामा सहभागी नहुने रोजगारदातालाई कारवाही गर्ने संकेत गरेपछि रोजारदाता धमाधाम कोषमा सूचीकृत हुन थालेका छन् ।

सो कोषमा एक लाख ४४ हजार ३५२ श्रमिक र १२ हजार १४० रोजगारदाता सूचीकृत भएका छन् । सरकारले कोषमा सूचीकृत नभएका रोजगारदाताको नवीकरण रोक्ने, सरकारी सुविधा उपलब्ध नगराउने लगायत तयारी गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari