citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

७५ हजार घुस सहित वडा सदस्य र इन्जिनियर पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुस सहित पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका १३ का वडा सदस्य नगरपालिकाका इन्जिनियर घुस सहित ७५ हजार घुससहित पक्राउ परेको छ ।
निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
सेवाग्राहीसँग विभिन्न बाहनामा घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको थियो ।
दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

gold
himalayan life insurance long ad