citizens life insurance long ad
stcnepal long ad

भारी हिमपात र हिमपहिरोको जोखिम, तीन दिन पदयात्रा नगर्न आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले तीन दिन पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।

त्यसलाई मध्यनजर गर्दै विभागले पर्यटकलाई उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र पदयात्रामा गइसकेका भए सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।

विभागले उक्त अवधिभर उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति जारी नगर्ने जनाएको छ ।

यसअघि अनुमति लिइसकेका पदयात्रीलाई पनि सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रा नगर्न आग्रह गरिएको छ ।

विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

IME Life
kumari